सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसका निर्वतमान सभापति आचार्यद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा !

काभ्रे काँग्रेसका निर्वतमान सभापति आचार्यद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा !

6365
Shares
काभ्रे काँग्रेसका निर्वतमान सभापति आचार्यद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा !

नेपाली काँग्रेस काभ्रेका निर्वतमान सभापति मधु प्रसाद आचार्यले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

बागमती प्रदेश सभापतिमा चर्चा गरिएपनि टिकट नपाएपछि आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो । आचार्यले आफ्नो उम्मेदवारी बारे औपचारिक घोषणा भने गरिसक्नु भएको छैन् ।

तर समर्थकहरूले आचार्यलाई केन्द्रीय सदस्यमा मत दिनुका ३ कारण सहित सामाजिक सञ्जाल फेसबुक मार्फत मत माग्न सुरू गरिसकेका छन् ।

निष्ठाको राजनिती बचाउन, पढेलेखेका इमान्दार युवालाइ राजनितीमा आकर्षण बढाउन र कर्ममा आधारित राजनिती स्थापित गर्नका लागि आचार्यलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउन उनका समर्थकहरू लागि परेका छन् ।

जिल्लामा शिव हुमागाईं र तीर्थ लामा मिलेपछि मधु आचार्य प्यानलले नराम्रो हार ब्यहोरेको थियो । वडा, पालिका, प्रदेश, संघीय निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिमा शिव-तीर्थ प्यालनले स्पष्ट बहुमत हासिल गरेको छ ।

हालै सकिएको १४ औं जिल्ला अधिवेशनबाट सभापतिमा तीर्थ लामा अत्याधिक मत सहित विजयी हुनुभएको थियो । अन्य पदाधिकारीमा पनि शिव-तीर्थ समूहकै बर्चस्व छ ।

6365
Shares

ट्रेन्डिङ