सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको बेथानचोक गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

काभ्रेको बेथानचोक गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

3150
Shares
काभ्रेको बेथानचोक गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

काभ्रेको बेथानचोक गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

चालु आर्थिक बर्ष २०७८/७९ को बार्षिक स्विकृत कार्यक्रम अनुसार गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।

भविष्यमा लोक सेवा आयोगबाट सञ्चालन हुने शाखा अधिकृत तथा ना.सु. पदको तयारीका लागि कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

कक्षामा ६० जना सम्म सहभागि गराइने छ भने बेथान्चोकै पार्वती माद्यामिक विद्यालयमा कक्षा सञ्चालन हुने छ । कक्षाको लागि ५ लाख रुपैँया बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार कक्षा लिन इच्छुकहरुलाई सहभागिताको लागि गाउँपालिकाले अनुरोध पनि गरेको छ । इच्छु व्यक्तिहरुले कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तिण भएको शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, वडा कार्यालयको सिफारिस र १८ बर्ष उमेर पुरा भएको हुनुपर्ने छ ।

3150
Shares

ट्रेन्डिङ