सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धुलिखेलका सबै विद्यालय एक साता बन्द गर्न नगरपालिकाको निर्देशन

धुलिखेलका सबै विद्यालय एक साता बन्द गर्न नगरपालिकाको निर्देशन

9375
Shares
धुलिखेलका सबै विद्यालय एक साता बन्द गर्न नगरपालिकाको निर्देशन

 

काभ्रे : धुलिखेल नगरपालिकाले सबै विद्यालयहरू एकसाता विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले आज एक सूचना जारी गर्दै भोलीदेखि २१ गतेसम्म विद्यालय बन्द रहने बताउनुभएको हो ।

आजदेखि परेको पानीले चिसो निकै बढेको र बिद्यालय उमेरका बालबालिकालाई स्वास्थ्य समस्या आउन सक्ने भएकाले एक साता पठनपाठन स्थगित गर्न नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई निर्देशन गरिएको छ ।

नगरपालिकाले कतिपय विद्यालयमा सञ्चालन भैरहेको त्रैमासिक परीक्षा समेत रोक्न र विद्यालय खुलेपछि लिन भनेको छ । नगरपालिकाले जाडो बिदाको रूपमा एकसाता पठनपाठन स्थगित गर्न भनेको हो ।

 

 

9375
Shares

ट्रेन्डिङ