सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एमाले काभ्रे अध्यक्षका लागि पाँचजनाको दाबी, बास्कोटाको ‘ग्रिन सिग्नल’ कुर्दै नेताहरु

एमाले काभ्रे अध्यक्षका लागि पाँचजनाको दाबी, बास्कोटाको ‘ग्रिन सिग्नल’ कुर्दै नेताहरु

7910
Shares
एमाले काभ्रे अध्यक्षका लागि पाँचजनाको दाबी, बास्कोटाको ‘ग्रिन सिग्नल’ कुर्दै नेताहरु

 

काभ्रे । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले काभ्रेको दशौँ जिल्ला अधिवेशन आगामी २३ गते धुलिखेलस्थित टुडिखेलमा हुँदैछ ।

अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यससँगै अधिवेशनबाट चुनिने जिल्ला नेतृत्वबारे चासो एवं चर्चा बढेको छ । नेतृत्वमा आउन चाहनेहरुले लबिङ तीव्र पारेका छन् । अहिले खासगरी पाँचजनाले एमाले काभ्रेको अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका छन् ।

नवौँ अधिवेशनमा ओली टिमबाट अध्यक्षका उम्मेदवार बनेका पुराना नेता भिम न्यौपाने, नवौँ अधिवेशनमा उपाध्यक्षमा निर्वाचित अशोक व्याञ्जु र सचिव नारायण पाण्डेले अध्यक्ष हुनका लागि लबिङ गरिरहेका छन् ।

त्यस्तै पूर्व प्रदेशमन्त्री एवं युवा संघका नेता चन्द्र लामा र युवा नेता कन्चन अधिकारीले पनि अध्यक्षमा दाबी गरिरहेका छन् । अध्यक्ष दाबी गरेका सबै नेता एमाले पोलिट्ब्युरो सदस्य एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा निकटका हुन् ।

यीमध्ये बास्कोटाले कसलाई साथ दिन्छन् ? अहिलेसम्म केही खुलेको छैन । न्यौपाने सर्वसम्मत भए मात्र अध्यक्ष बन्ने सोचमा छन् भने अहिले पार्टी अध्यक्षको जिम्मेवारी सम्हालिरहेका व्याञ्जुको दाबी स्वभाविक छ ।

सचिव पाण्डे अपग्रेट हुँदा अध्यक्षमा दावी गर्नु स्वभाविक ठान्छन् । प्रदेश सांसद एव पूर्वमन्त्री लामाले अब युवा पुस्ताले पार्टी नेतृत्व गर्न पाउँनु पर्ने माग गर्दै आएका छन् ।

युवाबीच लोकप्रीय नेता अधिकारी पुस्ता हस्तान्तरणसंगै अवसर र चुनौती पनि हस्तान्तरण हुनुपर्ने बताउँछन् । त्यस्तै पदाधिकारीमा हालका उपसचिव इन्द्रबहादुर तामाङ, नेता राजन भुर्तेल, गिता बन्जारा, हरिशरण दाहाल, रिता ढकाल, विद्यार्थी नेता जेनिश लामा, युवा संघका नेता अमित लामा, राकेश लामा, राजकुमार सापकोटा विपिन लामा, शेखर लामा, रामशरण दाहाल, रविन्द्र बैदार, कुमार तिमल्सिनालगायतले दाबी गरिरहेका छन् ।

काभ्रेमा अहिलेसम्म नेता बास्कोटाले चाहेको नेता मात्रै नेतृत्वमा पुगेका छन् । तर उनले अहिलेसम्म कसैलाई ‘ग्रिन सिग्नल’ दिएका छैनन् ।
पदाधिकारीसहित काभ्रेमा काभ्रेमा १ सय ५ सदस्यीय जिल्ला कमिटी बन्ने छ ।

-नेपाल प्रेस बाट

7910
Shares

ट्रेन्डिङ