सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • एमाले काभ्रे अधिवेशन : भोली यी पदका लागि हुदैछ मतदान

एमाले काभ्रे अधिवेशन : भोली यी पदका लागि हुदैछ मतदान

3275
Shares
एमाले काभ्रे अधिवेशन :  भोली यी पदका लागि हुदैछ मतदान

 

काभ्रे : नेकपा एमाले काभ्रेको निर्वाचन भोली हुने भएको छ ।

उपाध्यक्ष,सचिव,उपसचिव,सदस्य भूगोल,खुल्ला महिला,जनजाति,दलित,अल्पसंख्यक र खुला सदस्य पदका लागि भोली विहान ७ बजेदेखि मतदान हुने एमाले काभ्रेले जनाएको छ ।

भोली हुने निर्वाचनमा उपाध्यक्ष पदका लागि ३ जनाले उम्मेरदवारी दर्ता गराएका छन् । त्यस्तै सचिवमा तीन जनाको उम्मेरदवारी परेको छ ।

जसमा ईन्द्र तामाङ,राजन भुर्तेल र रुद्र बहादुर तामाङले उम्मेरदवारी दिएका छन् । उपसचिवमा ६ जना,सदस्य भूगोल १ खुल्लामा ४० जना,महिला पदका लागि ९ जनाले उम्मेरदवारी दिएका छन् ।

सदस्य भूगोल २ खुल्ला मा ४० जनाले उम्मेरदवारी दिएका छन् । महिलामा १० जनाको उम्मेरदवारी परेको छ ।

जनजाति खुल्ला तर्फबाट ७ जनाको उम्मेरदवारी परेको छ । जनजाति महिलाबाट २ जना,दलित खुल्ला तर्फबाट १६ जना,दलित महिलाबाट ६ जनाको उम्मेरदवारी छ ।

खुल्ला क्षेत्रबाट ७० जना,अल्पसंख्यक खुल्लाबाट ४ जना र महिलाबाट २ जनाको उम्मेरदवारी परेको छ ।

त्यस्तै खुल्ला महिला सदस्यबाट २६ जनाले उम्मेवारी दिएका छन् । भोली हुने निर्वाचनमा प्रतिनिधीले विद्युतिय भोटिङ मेसिनबाट मतदान गर्नेछन् ।

 

3275
Shares

ट्रेन्डिङ