सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

360
Shares
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

 धनुषा । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । 

धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव छन् । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ करिब ७ बजे मृत्यु भएको हो ।

टिपर र टिपर चालक उदयपुरको कटारी नगरपालिका ५० चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

360
Shares

ट्रेन्डिङ