सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत

ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत

785
Shares
ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत

काभ्रे | काभ्रेको बनेपा नगरपालिकाले दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत राखिदिने भएको छ ।

नगरपालिकाका अनुसार ६० वर्षभन्दा माथिका दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत राखिदिने बताएको छ ।

१४ वटै वडामा स्वास्थ्य शिविर गरेर कृत्रिम दाँत निःशुल्क राखिदिने भन्दै विहीबार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले एक सूचना जारी गरेका हुन् ।

नगरपालिकाका जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले नगरपालिकाले पहिले सबै वडाको स्वास्थ्य सेवा केन्द्र मार्फत सेवाग्राहीलाई शिविर मार्फत छनोट गरेर निःशुल्क दाँत हालिदिनेछ ।

785
Shares

ट्रेन्डिङ