सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा जनसंख्याभन्दा मतदाता धेरै

काभ्रेमा जनसंख्याभन्दा मतदाता धेरै

7190
Shares
काभ्रेमा जनसंख्याभन्दा मतदाता धेरै

 

काभ्रेका तीन पालिकामा जनसंख्याभन्दा मतदाता धेरै भएको पाइएको छ ।

गत बुधबार सार्वजनिक भएको प्रारम्भिक नतिजाअनुसार तीनवटा काभ्रेका पालिकामा जनसंख्याभन्दा मतदाता धेरै भएको पाइएको हो ।

जिल्लाको चौंरीदेउराली, भुम्लु र तेमाल गाउँपालिकामा जनसंख्याभन्दा मतदाता धेरै भएको तथ्याङ्क सार्वजनिक भएको हो ।

सार्वजनिक गरिएको तथ्यांक अनुसार चौंरीदेउराली गाउँपालिकामा जनसंख्या र मतदाताबीचको अन्तर ५ हजार ६ सय ४५ रहेको छ ।

२०७८ को विवरण अनुसार उक्त पालिकामा जनसंख्या १४ हजार १ सय ६ रहेको छ । २०६८ मा २० हजार ८ सय ९२ रहेको थियो ।

२०७४ को निर्वाचनमा १४ हजार ५ सय ३९ मतदाता रहेका थिए ।

२०७८ पुस मसान्तसम्म जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा फोटोसहितको नाम समावेश गर्ने १८ वर्षमाथिका १९ हजार ७ सय ५१ जना छन् ।

त्यस्तै भुम्लु गाउँपालिकामा जनसंख्या भन्दा मतदाता सङ्ख्या ९५३ ले बढी पाइएको छ ।

प्रारम्भिक विवरण अनुसार भुम्लुको जनसंख्या १५ हजार ८ सय ५ रहेको छ भने मतदाता सङ्ख्या १६ हजार ५ सय ३ रहेका छन् ।

त्यस्तै तेमाल गाउँपालिकामा पनि केहि अंकले जनसंख्याभन्दा मतदाता धेरै भएको तथ्याङ्क फेला परेको छ ।

 

 

7190
Shares

ट्रेन्डिङ