सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विपद्को संवेदनशील अवस्थामा विद्यार्थीहरूको भूमिका महत्वपूर्णः मन्त्री लामा

विपद्को संवेदनशील अवस्थामा विद्यार्थीहरूको भूमिका महत्वपूर्णः मन्त्री लामा

710
Shares
विपद्को संवेदनशील अवस्थामा विद्यार्थीहरूको भूमिका महत्वपूर्णः मन्त्री लामा

काभ्रे । बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले विपद्को संवेदनशील अवस्थामा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

सोमबार बेथानचोक गाउँपालिका वडा नं. ६ मा रहेको सरस्वती मा.वि.मा अन्तराष्ट्रिय स्काउट भोलुन्टर ग्रुपले आयोजना गरेको “रिसर्च, रेस्क्यू एण्ड इमेरजेन्सी प्रोटोकल” सम्बन्धी ३ दिने तालिम कार्यक्रमको समापन गर्दै मन्त्री लामाले नेपालमा विभिन्न समयमा कुनै न कुनै विपद् आउने हुँदा विद्यालय तहदेखि नै समन्वयात्मक तरिकाले उद्धार र जोखिम न्यूनीकरणमा काम गर्नु र गराउनु महत्वपूर्ण भएको कुरा बताउनुभएको हो ।

यस प्रकारका तालिमले विद्यार्थीमा शिक्षण सिकाइसँगै जीवनपयोगी आयामहरुको पनि विकास हुने र समयको हर समय असल कार्य गर्नका लागि भएकोले तालिममा सिकेको कुरा अप्ठेरो अवस्थामा संयमित र विवेकपूर्ण तवरले व्यवहारमा उतार्न विद्यार्थीहरुलाईजोड दिनुभयो ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले तालिमले विपद्को समयमा उद्धार र राहत कार्यका लागि ‘टास्कफोर्स’ तयार भएको भन्दै आयोजक संस्थालाई धन्यवाद दिनुभयो । उहाँले विपद् व्यवस्थापन आफैमा एउटा उन्नत प्रकारको सिप भएकोले विपद्मा कसरी सुरक्षित हुने र गराउने भन्ने विषयमा जागरुकता बढाउने र आहतमा परेकाहरुमा साहस थप्ने कार्य हुने भएकाले तालिम प्रदान गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई अध्यक्ष अधिकारीले धन्यवाद दिनुभयो ।

710
Shares

ट्रेन्डिङ