सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • १२ बर्षे मकर मेलामा भक्तजनको ठेलमठेल, प्रशासनको आदेश खै कता लागु ?

१२ बर्षे मकर मेलामा भक्तजनको ठेलमठेल, प्रशासनको आदेश खै कता लागु ?

7345
Shares
१२ बर्षे मकर मेलामा भक्तजनको ठेलमठेल, प्रशासनको आदेश खै कता लागु ?

 

काभ्रेको पनौतीमा जारी १२ बर्षे मकर मेलाको आज अहिलेसम्मकै ठूलो भिड लागेको छ ।

माघ १ गतेदेखि सुरू भएको मेलामा आज अहिलेसम्म कै बढी भक्तजनहरु पनौतीको त्रिवेणी धाम पुगेका हुन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले ५० जनाभन्दा बढी उपस्थित हुन नपाउने गरी जारीको आदेशलाई अटेर गर्दै भक्तजनहरु मकर मेला स्थल त्रिवेणीधाम पुगेका हुन् ।

सवारी साधनको जाम बनेपा देखि नै थियो । स्वास्थ्य सुरक्षाको कुनै मापदण्ड पालना गरिएको थिएन् । मेला सुरु हुँदै गर्दा जिल्लामा कोभिडका बिरामी ह्वात्तै बढेका थिए । अहिले त्यो संख्या निकै कम भएको छ ।

तर यसरी मेला र भेला हुने हो भने कोभिड बिरामीको संख्या फेरी बढ्ने चिन्ता चिकित्सकहरूले गरेका छन् ।

आज शनिबार भएकाले पनि भक्तजनहरुको भिड बढी भएको बताईएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज जिल्लामा एक जनाको पनि कोभिड परीक्षण गरिएको छैन् ।

८६ जना पछिल्लो २४ घण्टामा निको भएका छन् । योसँगै जिल्लामा कोभिड सक्रिय संक्रमितको संख्या ३१७ मा झरेको छ ।

तस्बीर : प्रशान्त श्रेष्ठ/प्रविण श्रेष्ठ

 

 

7345
Shares

ट्रेन्डिङ