सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आज देशभरको मौसमको अवस्था कस्तो छ त ?

आज देशभरको मौसमको अवस्था कस्तो छ त ?

4985
Shares
आज देशभरको मौसमको अवस्था कस्तो छ त ?

 

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।त्यस्तै,तराईका केही भू–भागमा भने हुस्सु-कुहिरो समेत लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो भने प्रदेश- १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । त्यस्तै, अन्य प्रदेशमा भने आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

प्रदेश -१ का केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।आज राती भने प्रदेश – १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली हुने छ ।

त्यस्तै, अन्य प्रदेशमा भने मौसमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका केही एक वा दूई स्थानमा भने हल्का हिमपातको सोत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

4985
Shares

ट्रेन्डिङ