सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको २४४ हेक्टर वन माफियाको कब्जामा

काभ्रेको २४४ हेक्टर वन माफियाको कब्जामा

बनकै जग्गामा ३ तल्ले पक्कि घर

7580
Shares
काभ्रेको २४४ हेक्टर वन माफियाको कब्जामा

काभ्रे। काभ्रे जिल्लाको कुल बन क्षेत्र मध्येको २४४ हेक्टरबन विभिन्न व्यक्ति र संस्थागतरुपमा अतिक्रमण गरेको पाइएको छ ।

बन कार्यालयकै तथ्याङ्गले जिल्ला भर ७३ हजार ७५ हेक्टर बन रहेकोमा व्यक्ति र संस्थागत अतिक्रमण गरेको बन नै २४४ हेक्टर रहेको हो ।

बन कार्यालयले यो रेकड राखेता पनि बन कार्यालयले भने अतिक्रमण हटाउन स्थानीय समिति र स्थानीय सरकार र राजनैतिक प्रतिवद्दता नहुदा केहि मात्रामा अतिक्रमण हटाउन सकेता पनि पूर्ण रुपमा कार्यन्वयन गर्न नसकिएको जिल्ला बन कार्यालयका सुचना अधिकारी समेत रहेका गौरब भट्टले जानकारी दिए।

यता अतिक्रमित जमिननै कतै प्लानिङ्गको क्षेउमा छ भने कुनै अतिक्रमित जमिनकै कुनै हिस्सा छुने गरी ३ तल्ले पक्कि घर , अन्य गाई गोठ तथा मानब बसोबास गर्ने घर हरुनै बनाएको पाईएको छ।

यस्ता घर टहरा बन्दा समेत स्थानीय सरकार र समिति मौन रहेको अवस्थामा स्थानीयको गुनासो पछि अतिक्रमण हटाउन र तार बार गर्न सकेपनि बनेका भैतिक संरचना हटाउन र बनलाई पुरानै शैलीमा फर्काउने चुनौती भने कायम नै छ।

यस आबमा मात्र बन कार्यालयको सहयोग र सहकार्यमा पाँचखाल वडा न २ मा रहेको लौकीनी ध्याङ्गले सामुदायिक वनको ७४ रोपनी जग्गा फिर्ता बनले लिएको र त्यस क्षेत्रमा अतिक्रमित जमिनमा तारबार सहित् बृक्षारोपण गरेको थियो । सो क्षेत्रमा अहिले बनेका संरचना हेर्दा र बनलाई मिचेर गरिएको खेति सबैलाई रोकेर हट्न आदेश दीइएको बन उपभाक्ता समिति अध्यक्ष रत्न लामाले जानकारी दिए ।

सो क्षेत्रमा पक्कि घर देखि पलानिङ्ग गर्ने व्यक्ति सम्मले बन मिचेको पाईएको हो । सो क्षेत्रको थुप्रै व्यक्तिले घरनै बनाएर नै बसोबास गर्न गरेकोमा पनि हट्नका लागि ३५ दिनको सुचना जारी गरेको र सो म्याद गुजार्दा समेत स्थानीय व्यक्ति र संरचना हटाउन स्थानीय जनप्रतिनिधिले सहयोग नगरेको भन्दै सामाजिक सन्जालमै आक्रोशित बनेका छन्।

वन कार्यालय र स्थानीय लौकीनी ध्याङ्गले सामुदायिक वनको सक्रियतामा ७४ रोपनी जग्गा जुन व्यक्तिले हडपेकोमा केहि समय अगि बृक्षारोपण गर्नका लागि विरुवा समेत उपलब्ध गराएको सामुदायिक वनका अध्यक्ष रत्न तामाङ्गले जानकारी दिएका छन् । सोहि ब्यक्तिले हडपेको जमिन वनकै स्वामित्वमा ल्याउन सहयोग गर्ने व्यक्ति , वन कार्यालय ,सब डिभिजन कार्यालय , जनप्रतिनिधि र सुरक्षा निकाएका प्रमुख एवं प्रतिनिधिको सहभागितामै तारवार र बृक्षारोपण गरिएको सामुदायिक वनका अध्यक्ष रत्न तामाङ्ले बताए।

तामांङ्गका अनुसार हडपेको ७४ रोपनी मात्र नभई अन्य सयौ रोपनी जग्गा सोहि बन क्षेत्रमा नै रहेको बताए l उनले भने यहि सामुदायिक बन भित्र नै पर्ने यस अहिले अतिक्रमण गरेको भन्दा बढीनै अहि लेपनि हडपिरहेको छ र हामीलाई यस अतिक्रमण हटाउन गाह्रो भएको समेत बताए। संगै उनले अतिक्रमित जमिनबाट आफ्नो बास्थान र अन्य भैतिक संरचना हटाउनका लागि पैतिश दिने सुचनानै जारी गरेको बताए।

यो त प्रतिनिधि घटनामात्र हुन्। जिल्ला भरका ५ सय ९५ सामुदायिक बनका समितिले जनप्रतिनिधिको सहकार्य र सहयोग नभएमा कुनै पनि अतिक्रमण हटाउन नसकिने सुचना अधिकारी भट्ट स्पस्ट बताउछन।

कहिले सम्म यो अतिक्रमण हटाउनु हुन्छ भन्ने हाम्रो प्रश्नमा भने उनि स्थानीय समिति , जनप्रतिनिधि र अतिक्रमण हटाउन बनेको समितिमा राख्ने र सो समितिको निर्देशन नभई र उपभोक्ता र स्थानीय सरकारको सहयोग विना बन कार्यालयले अतिक्रमणा हटाउन नसक्ने स्वीकार गरेका छन्।

लौकीनी ध्याङ्गले सामुदायिक वन पाँचखाल नगरपालिका वार्ड न २ मा हालसालै डिभिज वन कार्यालय काभ्रेपलान्चोक ले ७४ रोपनी अतिक्रमण छेत्र खाली गराइ तारबार समेत गरेको क्षेत्रमा बृक्षारोपन गरिएको हो । बृक्षारोपनमा लोपन्मुख विरुवा रोपिएको बन कार्यालयले जनाएको छ। २०८० भाद्र ४ गते आयोजित एक विशेष समारोह बिच डिभिज बन कार्यालय काभ्रे द्वारा बृक्षारोपन अभियान सुरु गरिएको वन अधिकृत हरिचन्द्र तिमल्सिनाले जनाएका थिएका थिए।

केहि समय अगि मात्र साधारण सभाको आयोजाना गरेको लोकिनी घ्याङ्गले सामुदायिक बनको साधारण सभामा बोल्दै पाँचखाल न पा २ का वडा अध्यक्ष रामेश्वर दाहालले यस्तो अतिक्रमण हटाउने र बृक्षारोपन अभियान गरिसकेको यस बनलाई देशकै नमुना बनाउन पहल गर्ने र सबैले सकारात्मक सल्लाहा दिनु पर्नेमा पाँचखाल नगरपालिका हातेमालो गर्न तयार रहेको बताएका थिए ।

अहिले भने ३५ दिनको सुचना अनुरुप अतिक्रमित जमिनमा बनेका संरचना हटाउन भने सहयोग नगरेको भन्दै समितिका अध्यक्षले सामाजिक संजालमै आक्रोश पोखेका छन्।

यता जिल्लाको तथ्याङ्गले नै जिल्ला भर व्यक्तिले र सस्थागत गरी कुल २४४ हेक्टर बन मिचिएको रेकडनै बन कार्यालय ले तथ्याङ्गमा उतारेको छ l यता यस्ता अनिक्रमण हटाउन भने स्थानीय बन समितिकै सक्रियता नभई हटाउन बन कार्यालयले पनि कार्य गर्न नसक्ने जानकारी बन कार्यालयका सुचना अधिकारी समेत रहेका गौरब भट्टले जानकारी दिए।

उनका अनुसार जिल्ला भर अतिक्रमण जमिन धेरै भएपनि स्थानीय बन उपभोक्ता समिति र जनप्रतिनिधि नै अतिक्रमण गर्नेको सम्रक्षक जस्तै भैदिदा यस्ता बन क्षेत्रबाट अतिक्रमण हटाउन समस्या भएको उनको भनाई छ।

उता सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षले भने झैँ पालिकाले तपाईहरुलाई सहयोग नगरेको हो भन्ने प्रस्नमा उनले भने पालिका र स्थानीय समिति र स्थानीय ब्यक्तिको सक्रियता नभई बन कार्यालयले मात्र चाहेर अतिक्रमित बनको अतिक्रमण हटाउन नसक्ने बताए।

भट्टका अनुसार जिल्ला भर ७३ हजार ७५ हेक्टर अर्थात जिल्लाको कुल क्षेत्रफ़ल को ५२ प्रतिशत क्षेत्र बनले नै ओगटेको छ। त्यस अन्तर्गत २४४ हेक्टर बन अतिक्रमण भएको कार्यालयको रेकडले देखाएको छ।

जिल्ला भर हाल ५ सय ९५ सामुदायिक बन हरु बन कार्यालयले हस्तान्तरणा गरीसकेको बताए। तर हाल वार्षिक कार्यक्रम तय गर्न सामुदायिक वनको संख्या अत्यन्तै न्यून रहेको बताए। यी समिति किन क्रियाशील हुन् नसक्नुमा वनको श्रोत साधन धेरे नहुनु र वन पौदावर पनि कम हुनु नै मुख्य रहेको भट्ट बताउछन।

7580
Shares

ट्रेन्डिङ