सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

सम्पादक चुडाल सम्मानित

4555
Shares
सम्पादक चुडाल सम्मानित

सामािजक रुपान्तरणका लागि नागरिक समाजको दसौं साधारण सभा, नागरिक अभिनन्दन विशेष साँस्कृतिक कार्यक्रम तथा संविधान कार्यान्वयन र चुनावी प्रक्रियामा नागरिक समाजको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम गत मंसिर २८ गते प्रज्ञा भवन काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि रहेका थिए । उनले कार्यक्रमको उद्घाटन गर्दै संविधान संशोधनले राष्ट्रघात नहुने दाबी गर्दै पुरानै स्थानीय निकायको संरचनामा भएपनि आगामी वैशाखसम्ममा निर्वाचन गर्ने सरकारको योजना रहेको बताएका थिए ।

कार्यक्रममा विशेष अतिथि पूर्वसामान्य प्रशासनमन्त्री तथा एमाले पोलिट्ब्यूरो सदस्य लालबाबु पण्डितले संविधान संशोधनभन्दा अहिले मुलुकको आवश्यकता संविधान कार्यान्वयन र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गुर्न रहेको धारणा व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष यामबहादुर जिसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा लामो समयदेखि क्रियाशील भइ देश, जनता र राष्ट्रका लागि महत्वपूर्ण योगदान दिएका पत्रकार, संगीतकार, कलाकार, पर्यटन व्यवसायी, उद्यमी, कर्मचारी, खेलकुदकर्मीलगायतका एकदर्जनभन्दा बढी विशिष्ठ व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

समाजले ३४ वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यकरत वरिष्ठ पत्रकार देवेन्द्र चुडाल, संगीतकर्मी टीका भण्डारी, शक्ति बल्लभ, खेलकर्मी टेकबहादुर रानाभाट लगायतलाई सम्मान गरेको थियो । कार्यक्रममा सम्मानित व्यक्तिका तर्फबाट बोल्दै वरिष्ठ पत्रकार चुडालले अहिले देशमा संविधान संशोधन होइन, कार्यान्वयनको आवश्यकता रहेको बताउँदै प्रदेश नं. ५ को सीमा हेरफेरको प्रस्ताव गर्दा पहाडी जिल्लालाई हटाएर नेपाललाई विभाजित गर्ने षड्यन्त्र भइरहेको बताउनु भएको थियो ।

समाजिक रुपान्तरणका लागि नागरिक समाजले आफूलाई सम्मान गरेकोमा उहाँले समाजले आयोजकलाई धन्यवाद दिँदै स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले मूल्यांकन गरेर सम्मानित गरेको बताउनु भएको थियो ।

4555
Shares

ट्रेन्डिङ