सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बनेपा नगरले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई आर्थिक सहयोग गर्ने

बनेपा नगरले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई आर्थिक सहयोग गर्ने

970
Shares
बनेपा नगरले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई आर्थिक सहयोग गर्ने

काभ्रे । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई बनेपा नगरपालिकाले सहयोग गर्ने भएको छ ।

आज बसेको कार्यपालिकाको बैठकले नगरको तर्फबाट ५ लाख, सम्पूर्ण जनप्रतिनिधिकको ५ दिनको तलब, प्रमुख प्रशासकीय अधिकृतको ५ दिनको तलब, पाँचौं तह माथिका कर्मचारीहरुको २ दिनको तलब, पाँचौं तहमुनिका सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब भुकम्पपिडित राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

कार्तिक १७ गते गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका मृतकप्रति हार्दिक समवेदना र भूकम्पमा परी घाइते भएकाहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै नगर प्रमुख शान्ति रत्न शाक्यले यो दुखद घडीमा सबै मिलेर सहयोग गर्नुपर्ने बताए । ‘दुःख भनेको सबैलाई पर्छ,’ उनले, ‘आज पश्चिम दुःखमा छ, यो दुःखद घडीमा सहयोग गर्नुपर्छ भनेर नै नगरपालिका, नगरका जनप्रतिनिधि, कर्मचारी सबै मिलेर सहयोगमा जुटेका हौं ।’

970
Shares

ट्रेन्डिङ