सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रे प्र हरी को एक्सन: प्रेसर हर्न बजाउने र ओभरलोड बक्ने सवारी साधानलाई कारवाही

काभ्रे प्र हरी को एक्सन: प्रेसर हर्न बजाउने र ओभरलोड बक्ने सवारी साधानलाई कारवाही

6590
Shares
काभ्रे प्र हरी को एक्सन: प्रेसर हर्न बजाउने र ओभरलोड बक्ने सवारी साधानलाई कारवाही

 

 

काभ्रे प्र ह रीले प्रेसर र्हन र ओभरलोड (क्षमता भन्दा बढि) बोक्ने सवारी साधानहरुलाई कारबाही गरेको छ ।

जिल्ला स्थित राजमार्ग भएर चल्ने बिभिन्न किसिमका सवारी सधानहरु कारबाहीमा परेका हुन् ।

 

सम्बन्धित कम्पनीले जडान गरेको र्हन भन्दा बढी आफुखुसी प्रेसर हर्न जडान गरी राजमार्जमा र सहरी क्षेत्र, विद्यायल क्षेत्र, अस्पताल लगायतका क्षेत्रहरुमा अनावश्यक रुपमा प्रेसर हर्न बजाउने तीन सय बढी सवारीलाई कारबाही गरेको हो ।

प्रेसर हर्न बजाएर ध्वनि प्रदुषण गरेको भन्ने नागरिकहरुले गुनासो गरेका थिए ।

 

त्यस्तै भारवान क्षमता भन्दा बढी लोड बोकेर राजमार्गमा गुड्ने सवारी सधानहरुले सडक संरचना बिगार्ने तथ्यलाई ध्यानमा राखी जिल्ला प्र ह री कार्यालय काभ्रे, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा तथा तथा मातहत प्रहरी कार्यालयहरुबाट संयुक्त रुपमा बिशेष प्रह री परिचालन गरी नियत्रण एवं कारवाही गरेको हो ।

हिजो र आज गरि प्रेसर र्हन बजाउने १५३ वटा टिपरलाई नियन्त्रणमा लिएको छ । त्यस्तै ओभरलोड बोक्ने १५० वटा टिपरलाई पनि प्र ह रीले नियन्त्रणमा लिएको काभ्रे प्र ह रीले जनाएको छ ।

 

6590
Shares

ट्रेन्डिङ