सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धुलिखेल शंखुका ४ सय बढि घरमा एक घर एक धारा

धुलिखेल शंखुका ४ सय बढि घरमा एक घर एक धारा

5585
Shares
धुलिखेल शंखुका ४ सय बढि घरमा एक घर एक धारा

 

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १२ मा एक घर एक धारा अभियान अन्तर्गत ४ सय १० घर धुरीमा खानेपानी वितरण गरिएको छ ।

 

नगर प्रमुख अशोक ब्याञ्जुले एक घर एक धारा शंधु एकीकृत खानेपानी तथा इँटे पाटी चौर सडकको एकै साथ हिजो शनिबार उद्घाटन गरेका छन्।

 

बाँकी घरहरूमा चालु आर्थिक वर्ष भित्र सम्पन्न हुने गरी योजना कार्यान्वयन भइरहेको छ । चालु वर्ष भित्र ९४ प्रतिशत घरमा खानेपानी पुग्ने र अर्को वर्ष शतप्रतिशत घरमा खानेपानी उपलब्ध गराउँदै देशकै नमुना र शतप्रतिशत खानेपानी उपलब्ध हुने सहरका रूपमा धुलिखेललाई चिनाउने नगर प्रमुख ब्याञ्जुले बताए ।

 

इँटे, सापकोटा गाउँ, अँधेरी थापा गाउँ, रयाले र पाटी चौरका सबै घरमा धारा पुगिसकेको छ भने एक्ले खेत लगायतका क्षेत्रमा धमाधम कार्य भइरहेको छ ।

 

स्वस्थ सहर, बालमैत्री नगर, साक्षर नगर, पूर्ण खोप नगर, गरिवी मुक्त भएको नगर, सुकुम्वासी मुक्त नगर, खरको छानो मुक्त भएको नगर, पूर्ण रूपमा कार्बन उत्सर्जन न्यूनीकरण भएको सहर लगायतका कार्यहरूमा नगरपालिकाले सफलता प्राप्त गर्दै आएको उनको भनाई छ ।

 

धुलिखेल नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भए पछि ४६ किमी सडक कालोपत्रे गरिसकेको नगर प्रमुख ब्याञ्जुले जानकारी दिए । इँटे पाटी चौर क्षेत्रमा १ हजार ३ सय मिटर सडक २ करोड लागतमा कालोपत्रे गरिएको छ ।

 

5585
Shares

ट्रेन्डिङ