सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?

आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?

4010
Shares
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?

 

 

काठमाडौं, १८ फागुन: संघीय संसदअन्तरगत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगका वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

 

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार दोस्रो कार्यसूचीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दुई वटा प्रस्ताव पेश गर्नेछन् ।

 

‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस’ भन्ने प्रस्ताव र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव मन्त्री आलेले प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ।

 

 

4010
Shares

ट्रेन्डिङ