सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • असल सन्तानलाई “श्रवण कुमार” पुरस्कारद्धारा रोशीले गरे सम्मान

असल सन्तानलाई “श्रवण कुमार” पुरस्कारद्धारा रोशीले गरे सम्मान

5025
Shares
असल सन्तानलाई “श्रवण कुमार” पुरस्कारद्धारा रोशीले गरे सम्मान

 

 

ज्येष्ठ आमा बुवालाई उच्च सम्मानका साथ हेरचाह, स्याहार गरेका असल सन्तानलाई रोशी गाउँपालिकाले नगद सहित दोसल्ला र प्रमाण पत्रद्धारा सम्मान गरेको छ ।

 

रोशीको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत रहेको श्रवण कुमार सम्मान पुरस्कार यस दशौ गाउँसभाको अवसरमा प्रदान गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख प्रज्वला राईले जानकारी दिएका छन् ।

 

कार्यक्रमका अवसरका रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामाले कुनै पनि ज्येष्ठ आमा बुवा सन्तानको माया र उचित स्याहार बाट वञ्चित हुन नपरोस् भनि सन्तानलाई हौसला र प्रेरणा स्वरुप यो सम्मान गरेको बताउनु भयो ।

 

आफ्ना सन्तानबाट टाढा रहेर वृद्धा आश्रममा बस्नु नपरोस् र आफ्नो सन्तानको साथमा खुसीसाथ जीवनयापन गर्न सकोस् भन्ने उदेश्यले यस कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो ।

 

गाउँपालिकाले वडा नम्बर १ बाट शान्तिमाया लामा र शान्तमाया लोप्चनलाई वडा नम्बर २ बाट सूर्यमान लामा र प्रकाश बोहोरा, ३ बाट शिवराम श्रेष्ठ, भगवान ४ बाट पेमलाल कायस्थ, ढक बहादुर मगर ५ बाट रावत लामा, सानु कान्छा लामा ६ बाट कान्छा राम तामाङ निलम महर्जन ७ बाट उमेश गौतम, राधिका मैनाली ८ बाट आमै रानी तामाङ, तेज बहादुर ठकुरी ९ बाट रित बहादुर पुलमी, पुष्पराज शाह १० बाट कृष्ण बहादुर ज्यू, प्रवलराज सापकोटा ११ बाट सन्तमान तामाङ, पूर्ण कुमारी दमिनी १२ बाट पे्रम बहादुर तामाङ्ग र सुरेन्द्र कुमार राय लाई सम्मान गरेको शाखा प्रमुख प्रज्वला राईले जानकारी दिएका छन् ।

 

 

 

 

5025
Shares

ट्रेन्डिङ