सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • कलर्सको प्राइड पी–५० टच नेपाली बजारमा

कलर्सको प्राइड पी–५० टच नेपाली बजारमा

2910
Shares
कलर्सको प्राइड पी–५० टच नेपाली बजारमा

कलर्सको प्राइड पी–५० टच नेपाली बजारमा उपलब्ध भएको छ । औंठाछाप सेन्सर भएको यो स्मार्टफोन जसमा सुचारु गर्ने र चलाउन रोक्ने मात्र नभई अन्य धेरै विशेषताहरु छन् ।
स्पर्श र स्वाइप गरेकै भरमा ४ वटा भिन्न एप्लिकेसनहरु औंला र टच स्क्रीन प्यानललाई कुनै दुःख नदिई सजिलै सुचारु गर्न सकिने कम्पनीले जनाएको छ । अत्यन्त विशिष्ट एवम् स्लीक डिजाइनयुक्त प्राइड पी–५० टचमा p-50-promoकुनैपनि एप्लिकेसनहरु
संचालनमा रोक लगाउन ५ भिन्न औठा छापहरु सूचीकृत गर्न सकिने खुबी छ ।
सुरक्षित औंठाछाप सेन्सरयुक्त प्राइड पी–५० टच १.३ गेगाहर्ज क्वाड कोर प्रोसेसरको शक्तियुक्त छ, जसले गर्दा आजको आधुनिक जिन्दगीमा दिनभर विभिन्न कार्यहरु सम्पन्न गर्न मद्दत पुग्छ ।
यसमा ३२ जिबीसम्म बढाउन मिल्ने क्षमताको ८ जिबी आन्तरिक मेमोरी र १ जिबी र्याम रहेको छ । यो ५ इन्चको आइपिएस उच्च क्षमतावान् स्क्रिन भएको स्मार्टफोनमा २२०० एमएएच ब्याट्री छ भने यसले ३ जी चलाउन सकिन्छ ।
एलइडी फ्ल्याससहितको ८ मेगापिक्सल क्यामरा र अगाडि भागमा छिटो सेल्फिको निम्ति ५ मेगापिक्सलको क्यामरा जडित छ । यसमा भएको सबैभन्दा उल्लेखनीय विशेषता भनेको यसको औठाछाप सेन्सर बटन नै हो, जुन सुविधादायक संचालनका लागि फोनको पछाडि भागमा राखिएको छ ।
यस्तै यसको छिटो चल्ने, एप्लिकेसन लकर, फोटो खिच्ने जस्ता प्रणालीहरु अत्यन्त प्रभावकारी छन् । नेपालमा यो सेन्सरयुक्त स्मार्टफोनको मुल्य ९ हजार ४९५ रुपैयाँ कायम गरिएको छ ।
“हामी फेरि एक अर्को स्मार्ट औंठाछाप सेन्सरयुक्त फोन, जुन नेपाली मोबाइलमै यसप्रकारको पहिलो मोबाइल हो, त्यसलाई प्रस्तुत गर्न सफल भएका छौं । यसको प्रस्तुतिबाट हामी हाम्रा ग्राहकहरुलाई औंठाछाप फोन सुचारु गर्न र संचालनमा रोक लगाउने कार्यको लागि मात्र होइन भन्ने बुझाउन चाहन्छौं” टेलिटक प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले भने ।
“आउनै लागेको क्रिसमस र नयाँवर्ष २०१७ को उत्साहमा थप रौनक भर्न हामीले फेरि एक अर्को अनौठो स्मार्टफोन प्राइड पी(५० टचलाई बजार प्रवेश गराएका छौं” कलर्स मोबाइलका बजार प्रबन्धक राजजंग थापाले थप बताए ।

2910
Shares

ट्रेन्डिङ