सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धुलिखेल कांग्रेसमा उम्मेदवार बन्न १ लाख बुझाउनु पर्दा मच्चियो बबण्डर

धुलिखेल कांग्रेसमा उम्मेदवार बन्न १ लाख बुझाउनु पर्दा मच्चियो बबण्डर

15650
Shares
धुलिखेल कांग्रेसमा उम्मेदवार बन्न १ लाख बुझाउनु पर्दा मच्चियो बबण्डर

अन्ततः धुलिखेल कांग्रेसमा बबण्डर मच्चिएको छ । निर्वाचनको संघारमा उम्मेदवाद बन्नकै लागि १ लाख बुझाउनुपर्ने विषय बाहिरिएपछि धुलिखेल कांग्रेसमा खैलाबैला मच्चिएको हो ।

मेयर पदको उम्मेदवार दाबी गर्नै १ लाख रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने कुरा बाहिरिएपछि हिजो दिनभर जसो कांग्रेसकै नेता कार्यकर्ताले तीब्र विरोध जनाएका छन् । सामाजिक सञ्जाल मार्फत उनीहरुले विरोध जनाएका हुन् । सामाजिक सञ्जालमा चर्को विरोध भएपछि सबैको समाचारले नगरसभापति बिदुर बस्नेतसंग यथार्थ बुझ्ने कोशिस गरेको थियो ।

नगरसभापति बस्नेतले मेयरको उम्मेदवारी घोषणा गर्न लागि १ लाख रुपैयाँ पार्टीलााई सहयोग गर्नुपर्ने विषय घुमाउरो ढंगले स्वीकार गर्नुभयो । धुलिखेल कांग्रेसले वडाध्यक्षका लागि २० हजार र दलित सदस्य बाहेक अन्य सदस्यका उम्मेदवारलाई ५ हजारका दलले उम्मेदवार शुल्क लिने गरी मौखिक निर्णय गरेको सभापति बस्नेतले स्वीकार गर्नुभयो ।

‘यो सबै पार्टीमा छ । पार्टी ब्यवस्थापनका लागि पैसा उठाउने भनिएको हो । उम्मेदवार बन्नकै लागि १ लाख रुपैयाँ चाहिन्छ भनिएको छैन् । लिखित निर्णय गरेका छैनौँ । चुनाव नजिकिँदैछ । इच्छा हुने साथीहरुले पार्टीलाई आवश्यक आर्थिक सहयोग गर्ने बाटो मात्रै खोलेका हौँ । वडाध्यक्षलाई २० हजार र वडासदस्यलाई ५ हजार पनि स्वेच्छाले हो । अनिवार्यता गरिएको छैन् । नगरसभापति बस्नेतले भन्नुभयो ।’

निर्वाचनमा टिकट पाउनका लागि उम्मेदवारले पार्टीका नेतालाई मोटो रकम बुझाउनु परेको विवरणहरु सार्वजनिक भैरहेको बेला धुलिखेल कांग्रेसले गरेको निर्णय सत्य साबित गरेको छ ।

 

15650
Shares

ट्रेन्डिङ