सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटनामा काभ्रैकी ४ महिने शिशुको मृत्यु

मोटरसाइकल दुर्घटनामा काभ्रैकी ४ महिने शिशुको मृत्यु

13655
Shares
मोटरसाइकल दुर्घटनामा काभ्रैकी ४ महिने शिशुको मृत्यु

भक्तपुरको नलिञ्चोकमा मोटरसाइकल दुर्घटना हुँदा काभ्रेकी चार महिने शिशुको मृत्यु भएको छ ।

साँगाबाट जगातीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२(०२१ प ६७६२ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा काभ्रे पाँचखाल नगरपालिका वडा नं। १ का बुद्ध तामाङ र सुस्मिता तामाङकी चार महिनाकी छोरी लोसाङ डोल्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते शिशुलाई सिद्धि स्मृति अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा तीनै जना घाइते भएको बुद्ध र सुस्मिता उपचार पछि डिस्चार्ज भइसकेका छन् ।

13655
Shares

ट्रेन्डिङ