सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पैसा राखेर खुट्टा ढोगेको फोटोको वास्तविकता यस्तो छ (भिडियोसहित)

पैसा राखेर खुट्टा ढोगेको फोटोको वास्तविकता यस्तो छ (भिडियोसहित)

9185
Shares
पैसा राखेर खुट्टा ढोगेको फोटोको वास्तविकता यस्तो छ (भिडियोसहित)

सिन्धुपाल्चाेक : मेलम्ची नगरपालिका १० मा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार अमृत खनालले मतदाताको खुट्टामा हजार रुपैयाँको नोट राखेर ढोग्दै भोट मागेको भनेर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भयाे ।

चुनावी प्रचारका लागि घरदैलो गरिरहनुभएका खनालले हरेक घरमा यसैगरी भोट माग्दै हिँडेको भन्दै तस्बिर सामाजिक सञ्जालमा आइरहेको छ । खनालले कसैलाई एक हजार रुपैयाँ त कसैलाई त्योभन्दा बढी रकम खुट्टामा राखेर ढोग्दै भोट मागिरहेको भन्दै आराेप पनि लगाइएकाे छ । तर त्याे तस्बिरकाे

वास्तविकता यस्ताे छ–
खनालले मेलम्ची १० मा रहनुभएकी फुपू दिदी चेतकुमारी कार्कीलाई ढोग गर्दा एक हजार रुपैयाँ राखेको स्वीकार्नुभएकाे छ । फुपाजु बितिसकेका हुनाले दिदीको दैनिकीमा सहजता होस् र दिदीप्रतिको सम्मान कायम रहोस् भनी खनालले हरेक पटक भेट्दा केही रुपैयाँ सम्मानस्वरूप उपलब्ध गराउँदैै आउनुभएको छ ।

कार्कीको घर वडा नम्बर १० मा भए पनि मतदाता नामावली भने वडा नम्बर ९ मा रहेको छ । आफूलाई मत नै दिन नपाउने फुपूकाे खुट्टामा पैसा राखेर ढोगेको विषयलाई विपक्षीले गलत प्रचार गरेको वडाध्यक्षका उम्मेदवार खनालले बताउनुभएको छ । सञ्चारमाध्यमहरूले पनि आफ्नाे कुरा नसुनी एकतर्फी समाचार सम्प्रेषण गरेकाे उहाँकाे गुनासाे छ ।

यसै विषयमा खनालकी फुपूलाई सोध्दा भाइले सानै उमेरमा वडाध्यक्षको उम्मेदवार बनेकोमा टीका लगाइ आर्शीवाद लिएको भए पनि गलत प्रचार भएकाे बताउनुभयाे ।

9185
Shares

ट्रेन्डिङ