सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सन्तान नहुनेका लागि मनकारी रामकृष्ण, युवालाई प्रेरणा मिल्ने कार्य गर्दै रामकृष्ण

सन्तान नहुनेका लागि मनकारी रामकृष्ण, युवालाई प्रेरणा मिल्ने कार्य गर्दै रामकृष्ण

5585
Shares
सन्तान नहुनेका लागि मनकारी रामकृष्ण, युवालाई प्रेरणा मिल्ने कार्य गर्दै रामकृष्ण

पछिल्ला बर्षहरुमा आमा औसी अर्थात मातातिर्थ औँसीले सामाजिक सञ्जाल सिंगारिन थालेका छन् । मातृत्वको भावले गाउँ बस्ती सहर पनि भरिन थालेका छन् । सन्तान हुनेहरुका लागि त यो उल्लेखनीय खुसीको पर्व बन्ने नै भयो ।

सामाजिक सञ्जाल र अनलाईन डिजिटल मिडियामा लेखहरु लेखेर आमाको फोटोहरु राखेर आकर्षक र भावनात्मक अभिव्यक्ति पनि आउँछन् । यी अभिव्यक्तिले सन्तान नहुनेका लागि कस्तो महशुस गराउला ? सायद थोरैले पनि यस्ता कुरामा ध्यान दिएको पाईँदैन ।

तर यो रङ्गिन भीडमा यसबर्षको मातातिर्थ औंसीमा दोलखाको सुनखानीमा जन्मेका एक युवाको मनले सन्तान नभएको समानुभूति गरे । गाउँभरीका सन्तानविहीन आमाबुबालाई शिवाकोटी वंशका कुलदेवता अर्थात सुनखानीस्थित कालिनागलाई साक्षी राखेर सन्तानको दायित्व पूरा गरे । कालिनाग मन्दिर अगाडि सन्तानविहीन नागरिकलाई भेला गराएर खुसीयाली साटे ।

दोलखा सुनखानीका रामकृष्ण शिवाकोटी सन्तान नहुनेका लागि मनकारी छोरा बन्न सफल भएका छन् । काालिञ्चोक गाउँपालिका वडा नं ८ भट्टेली निवासी समाजसेवी, सफल व्यावसायी रामकृष्ण शिवाकोटीले निःसन्तान आमाबुबालाई सन्तानको दायित्व कस्तो हुन्छ भन्ने महशुस गराउने प्रयत्न गरे ।

शिवाकोटीले सन्तानस्नेह जागृत गराउँदै औसीँको दिन वडा नं ८ का सन्तानविहीन १५ जना नागरिकलाई सामुहिक सम्मान कार्यक्रम गरे । सबैलाई समान लत्ताकपडासहित खाना खुवाएर सम्मान गरे । सन्तानविहीन नागरिकले सन्तानको स्नेह महशुस गरे ।

सन्तान नहुने अभिभावकले औसीमा निराश हुनु नपरोस भन्ने उद्देश्यले सम्मान कार्यक्रमको आयोजना गरेको शिवाकोटीले बताए । आमाहरुका लागि धोती,चोलो,स्वीटर,धागो,टिका,चुरा र रामनामी साथै बुबाहरुका लागि दौरा,सुरुवाल,स्टकोट रामनामीले सम्मान गरेको शिवकोटीको भनाइ छ ।
शिवाकोटीले यस अगाडि पनि विभिन्न समस्यामा परेका नागरिकलाई सेवा र सहयोग गर्दै आएका छन् ।

5585
Shares

ट्रेन्डिङ