सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाइँदै

विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाइँदै

4105
Shares
विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाइँदै

देशका धेरै ठाउँमा शान्तिपूर्ण मतदान भइरहे पनि केही ठाउँमा विवाद र झडपका घटना भएका छन् ।

विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाउने काम भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गाडीबाट छिट्टै पुग्न नसकिने ठाउँमा हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाउने काम भइरहेको छ ।

पालिका चुनावलाई व्यवस्थित र शान्तिपूर्ण बनाउने प्रयास भइरहे पनि केही ठाउँमा भइरहेका झडप र विवादले वातावरण बिथोलेको छ । चुनावको सुरक्षाका लागि सेना, सशस्त्र, नेपाल प्रहरी र म्यादी गरी साढे दुई लाखभन्दा धेरै सुरक्षाकर्मी परिचालित छन् ।

 

4105
Shares

ट्रेन्डिङ