सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सांसद लम्सालको पहलमा सर्वमंगला क्याम्पसमा नयाँ भवन बन्दै

सांसद लम्सालको पहलमा सर्वमंगला क्याम्पसमा नयाँ भवन बन्दै

5120
Shares
सांसद लम्सालको पहलमा सर्वमंगला क्याम्पसमा नयाँ भवन बन्दै

काभ्रे : बागमति प्रदेश सभा सदस्य लक्ष्मण लम्सालको पहलमा जिल्लाको पाँचखाल नगरपालिका वडा नं ३ स्थित सर्वमंगला क्याम्पसमा नयाँ भवन बन्ने भएको छ । क्याम्पसको नयाँ भवन निर्माणको लागि आज बुधबार शिलान्यास कार्याक्रम सम्पन्न भएको छ । बागमति प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले भवनको शिलान्यास गरेका हुन् ।

सांसाद लम्सालको पहलमा उक्त क्याम्पसको नयाँ भवन बन्न लागेको हो । क्याम्पसको भवन शिलान्यास कार्यक्रममा बोल्दै सांसद लम्सालले भने, ‘ निरन्तर रुपमा यस क्याम्पसको भौतिक संरचना निर्माणमा नेत्तृत्व गर्ने अभियानमा भौतिक निर्माणमा आफूले नेत्तृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । आफू पदमा भए पनि नभएपनि यो अभियान सदैभ साथ र सहयोग प्रदान गर्ने र यसलाई राम्रो बनाउन पहल गर्दै आएको र गरिरहेनेछु ।’

संरचनाको कुरामा मात्र नभएर शिक्षामा आकर्षण गराउनुको साथै शैक्षिक गुणस्तरमा पनि विशेष प्राथमिकता दिनुपर्नेमा सांसद लम्सालले जोड दिए । यी कुरामा केन्द्रित भएमा यहाँका विद्यार्थी पढ्नकै लागि काठमार्डौँ,बनेपा, धुलिखेल लगायतका सहर धनाउनु नपर्ने बताउँदै उनले भने, ‘यदि यी कुरामा मध्यनजर गरिएन भने, यहाँ ठूला–ठूला क्याम्पस बन्नुको कुनै अर्थ रहदैन । यसका लागि क्याम्पसका शिक्षक, अभिभावक, समाजसेवी सबैले उत्तिकै भूमिका खेल्नु पर्ने हुन्छ ।’

वागमति प्रदेश सभा सदस्य लक्ष्मण लम्सालको पहलमा क्याम्पस भवन निर्माणका लागि प्रदेश सरकारबाट ४० लाख रुपैँया बिनियोजन भएको क्यापसका प्रमुख जयराम अधिकारीले बताए । यस अघि पनि क्याम्पस मर्मत तथा सम्भारका लागि सांसद लम्सालको पहलमा प्रदेश सरकारमार्फत पहिलो वर्ष २० लाख र गत वर्ष ३० लाख बजेट विनियोजन भएको प्रमुख अधिकारीले जानकारी दिए ।

क्याम्पस निर्माणमा साथ र सहयोग गरेकोमा प्रमुख अधिकारीले वागमति प्रदेश सरकार प्रति आभार व्यक्त गरे । यसको लागि विशेष पहल गर्ने सांसद लक्ष्मण लम्साललाई धन्यवाद दिदैँ क्याम्पस प्रमुख जयराम अधिकारी भने, ‘शैक्षिक क्षेत्रको विकास लागि सदैभ सहयोगी भूमिका खेल्ने सांसद लम्साल ज्यूप्रति क्याम्पस परिवार निकै आभारी छ ।’

क्याम्पसको लागि स्कुल बसको आवश्यक परेकाले बस उपलब्ध गराउनुको साथै भवन निर्माण पूरा गर्न सांसद लम्साल समक्ष प्रमुख अधिकारीले आग्रह गरेका थिए । १ तल्ले ३ कोठा र शौचालय सहतिको १ तल्ले क्याम्पस भवन निर्माण हुने भवन निर्माण संयोजक टन्क प्रसाद अधिकारीले बताए । भवन शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर अधिकारी, कुमार लामिछाने, मणिराम गौतम, रमेश गिरी,पुरुर्षोत्तम आचार्य लगायतको उपस्थिती रहेको थियो ।

5120
Shares

ट्रेन्डिङ