सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • केयुले उत्पादन गरेको दक्ष जनशक्तीलाई देशको विकास र समृद्धिका काममा लगाउनुपर्छः प्रधानमन्त्री देउवा

केयुले उत्पादन गरेको दक्ष जनशक्तीलाई देशको विकास र समृद्धिका काममा लगाउनुपर्छः प्रधानमन्त्री देउवा

4485
Shares
केयुले उत्पादन गरेको दक्ष जनशक्तीलाई देशको विकास र समृद्धिका काममा लगाउनुपर्छः प्रधानमन्त्री देउवा

काभ्रे : काभ्रेको धुलिखेल स्थित काठमाण्डौ विश्व विद्यालय (केयु) ले दोस्रो चरणको २७ औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाण्डौ विश्व विद्यालय (केयु) ले गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ती उत्पादन गरेको बताएका छन् ।

केयुको २७ औँ दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै विश्व विद्यालयका कुलपति समेत रहेका देउवाले यस्तो बताएका हुन् । देउवाले उक्त विद्यालयबाट दिक्षीत भएका विद्यार्थीले स्वदेश तथा विदेशका महत्वपूर्ण संस्थामा उत्कृष्ट सेवा प्रदान गर्दै आएको समेत बताए । काठमाण्डौ विश्व विद्यालयले विश्वका विभिन्न संघसस्थाहरुसंग गरेको सम्झौता कार्यान्वनय गर्न प्रतिवद्ध रहेको समेत बताएका छन् ।

केयुले उत्पादन गरेको दक्ष जनशक्तीलाई देशको विकास र समृद्धिका काममा लाग्न पे्ररित गर्नुपर्नेमा उनले जोड दिए । देशका शिक्षित जनशक्ती स्थानीय तहको नेतृत्वमा आएकोमा पनि उनले खुसी ब्यक्त गरे । आज केयुबाट दिक्षीत हुने सम्पुर्ण विद्यार्थीहरुले देशको जनभावना अनुरुप कार्य गर्नेछन् भन्नेमा पनि उनले विश्वास व्यक्त गरे ।

देशका आम युवा समुदायलाई ईच्छा बमोजिमको गुणस्तरीय शिक्षा प्रदान गर्न विश्व विद्यायले उल्लेख्य भुमिका खेलेको समेत उनले बताए । आज दिक्षीत भएका सम्पूर्णमा समृद्ध राष्ट्र निर्माणमा आ आफ्नो क्षेत्रबाट सकारात्मक र महत्वपूर्ण भूमिका खेल्न उनले आग्रह समेत गरे ।

दीक्षान्त समारोहमा आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, साइन्स र मेडिकल साइन्सेजका विधाका गरी ११ जना दिक्षीत भएका छन् । त्यस्तै पीएचडी तथा एमफिल ४३ जनासहित स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ६१ जना विद्यार्थी दीक्षित भएकाछन् ।

तीमध्ये आर्ट्सका ३२ जना, एजुकेसनका एक सय जना, इन्जिनियरिङका ३ सय ५२ जना, म्यानेजमेन्टका १६ जना, मेडिकल साइन्सेजका ९सय ९६ जना र साइन्सका २ सय १९ जना रहेका छन् ।

दीक्षित हुनेमा ६०.२८ प्रतिशत पुरुष र ३९.७२ प्रतिशत महिला रहेका छन् । दीक्षित हुने विदेशी विद्यार्थीहरू भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्याण्ड र जर्मनी गरी ९ देशका १सय ५७ जना रहेका छन् । सत्ताइसौं दीक्षान्त समारोहसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ३८हजार ३ सय ३६ जना उत्तीर्ण भएका छन् ।

दीक्षान्त समारोहमा B.Sc. in Computational Mathematics मा १५ जना, M.Sc. in Physics मा ९ जना,M.Sc. in Public Health (Epidemiology) मा ५ जना र M.Sc. in Public Health (Global Health) मा ५ जना लाई काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपाधि प्रदान गरिएको हो ।

 

4485
Shares

ट्रेन्डिङ