सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रे जिल्ला समन्वय चुनाव : एमाले र गठबन्धनका यी व्यक्तिले गराए मनोनयन दर्ता

काभ्रे जिल्ला समन्वय चुनाव : एमाले र गठबन्धनका यी व्यक्तिले गराए मनोनयन दर्ता

7785
Shares
काभ्रे जिल्ला समन्वय चुनाव : एमाले र गठबन्धनका यी व्यक्तिले गराए मनोनयन दर्ता

काभ्रे : जिल्ला समन्वय समिति काभ्रेको नयाँ नेतृत्वका चयनका लागी आज मनोनयन दर्ता भएको छ । एमाले एक्लै र सत्तारुढ दलहरुले गठबन्धन गरेर मनोनयन दर्ता गराएका हुन् ।

एमालेबाट जिसस प्रमुखका लागि मनोनयन दर्ता गराउदै कमला भट्टराई

एमालेबाट कमला भट्टराईले जिसस प्रमुखका लागि मनोनयन दर्ता गराएकी छन् भने गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजबादीका दिपक कुमार गौतमले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एकिकृत समाजबादीकाबाट जिसस प्रमुखका लागि मनोनयन दर्ता गराउदै दिपक कुमार गौतम

त्यस्तै उपप्रमुखमा एमालेका तर्फबाट राजेन्द्र केसीको उम्मेदवारी दर्ता भएको छ भने गठबन्धनबाट नेपाली काँग्रेसका रिम बहादुर तामागंले मनोनयन दर्ता गराएका छन् ।

सदस्यका लागि एमालेबाट प्रकाश बञ्जारा,बुद्धिलाल श्रेष्ठ, र सागर मानन्धरले उम्मेरदवारी दर्ता गराएका छन् । यता गठबन्धनबाट मंगल बहादुर तामाङ,निर बहादुर लामा र कमल राज गिरी छन् । गिरी नेकपा माओवादी केन्द्रबाट हुन् भने लामा र तामाङ नेपाली काँग्रेसका हुन् ।

त्यस्तै महिला सदस्यमा एमालेबाट मन मिजार,रुपा प्याकुरेल र रोजिना तामाङ्ग, गठबन्धनबाट रस्मिता भण्डारी,अप्सरा सिपखान र कृष्ण कुमारी राईले मनोनयन दर्ता गराएका छन् । गठबन्धनकी सिपखान काँग्रसकी हुन् भने राई र भण्डारी माओवादी केन्द्रका हुन् ।

त्यस्तै दलित वा अल्पसङ्ख्यक सदस्यमा एमालेबाट प्रमिला कामी र गठबन्धनको नेपाली काँग्रसबाट चण्डिका मिजारले मनोनयन दर्ता गराएकी छन् । उनीहरुले आज धुलिखेल ६ स्थित शैक्षिक तालिम केन्द्रमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

जिल्ला समन्वय समिति काभ्रेको नयाँ नेतृत्वका चयनका लागी असार १ गते चुनाव हुँदै छ ।

7785
Shares

ट्रेन्डिङ