सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा टिपर चलाउँदै हुनुहुन्छ ? याद गर्नुहोस यो समय, नत्र परिएला कारबाहीमा

काभ्रेमा टिपर चलाउँदै हुनुहुन्छ ? याद गर्नुहोस यो समय, नत्र परिएला कारबाहीमा

65080
Shares
काभ्रेमा टिपर चलाउँदै हुनुहुन्छ ? याद गर्नुहोस यो समय, नत्र परिएला कारबाहीमा
  • रमिला खड्का

काभ्रेको पनौती नगरपालिकाले टिपर सञ्चालन सम्बन्धी नयाँ नियम जारी गरेको छ । नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले एक सूचना मार्फत नयाँ नियम जारी गर्नुभएको हो ।

पनौती क्षेत्रमा केहीदिन देखि टिपर सञ्चालन बन्द छ । स्थानीयले अवरोध गरेपछि पनौती नगरपालिकाको ठूलो राजस्वको स्रोत टिपर बन्द भएको थियो ।

नयाँ नियम अनुसार दिनको ३ पटक टिपर पनौती सडकमा बन्द हुनेछ । विहान ४ देखि ६ बजेसमम खाली टिपर पनौती प्रवेश गर्न पाउनेछन । बिहान ६ देखि बिहान ८ बजेसम्म लोड टिपर बाहिरिन पाउनेछन भने विहान ८ देखि ११ बजेसम्म टिपर आउजाउ गर्न बन्द हुनेछ ।

बिहान ११ देखि दिउँसो १ बजेसम्म लोड टिपर बाहिरिन पाउनेछन । दिउँसो १ देखि ३ बजेसम्म खाली टिपर प्रवेश गर्न पाउनेछन । दिउँसो ३ देखि राति ८ः३० बजेसम्म टिपर आवतजावत गर्न पाउने छैन् ।

राती साढे ८ देखि साढे ११ बजेसम्म लोड टिपर पनौतीबाट बाहिरिन पाउनेछन । राति साढे १० देखि साढे ११ बजेसम्म खाली टिपर पनौती प्रवेश गर्न पाउनेछन भने राती साढे ११ देखि बिहान ४ बजेसम्म टिपर चलाउन पाइने छैन् । यो समयमा टिपर पूर्ण रुपमा बन्द हुनेछन् ।

नगरपालिका बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीका अनुसार टिपर तथा मालबाहक सवारी साधन सञ्चालन गर्न बैकल्पिक सडक निर्माण भैरहेको छ । निर्माण कार्य यथाशिघ्र सम्पन्न गराउन आवश्यक बजेटको बन्दोबस्त सहित कार्य प्रकृया समेत अघि बढाइएको अधिकारीले बताउनुभयो ।

65080
Shares

ट्रेन्डिङ