सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • धुलिखेलका तिवारीको मृत्यु: दिन भर राजमार्ग अवरुद्ध, साँझा भयो सहमति

धुलिखेलका तिवारीको मृत्यु: दिन भर राजमार्ग अवरुद्ध, साँझा भयो सहमति

6595
Shares
धुलिखेलका तिवारीको मृत्यु: दिन भर राजमार्ग अवरुद्ध, साँझा भयो सहमति

काभ्रे : बीपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर ९ पानी ट्यांकीमा भएको दुर्घटनाका विषयमा सहमति जुटेको छ ।

कानुन अनुसार मृतकका परिवारलाई राहत दिने र दोषीलाई कारबाही गर्ने सहमति भएको हो । आज दिउँसो जिल्ला प्रहरी कार्यालयमा मृतकका आफन्त, प्रहरी प्रशासन र यातायात ब्यवसायीबीच भएको छलफलमा कानुन अनुसार राहत दिने सहमति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी एवं सूचना अधिकारी डुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

हिजो दिउँसो आफ्नो घर धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेत जाँदै गरेका २८ बर्षीय विशेष तिवारीलाई धुलिखेल तर्फ आउँदै गरेको पूर्व अरनिको यातायात प्रा.लिको यात्रु बहाक बसले ठक्कर दिएको थियो ।

https://www.facebook.com/sabaikosamacharonline/videos/9299377343435782

बसको ठक्करबाट घाइते भएका तिवारीको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको थियो । मृतकका आफन्त र छिमेकीले क्षतिपूर्ती र दोषिमाथि कानुन अनुसार कारबाहीको माग गर्दै दिउँसो बीपी राजमार्गको पात्लेखेत खण्ड अवरुद्ध गरेका थिए ।

 

वार्तामा बस्नु अघि अवरुद्ध सडक स्थानीयले खुलाएका थिए । स्थानीयले ठक्करदिने यातायात ब्यवसायीले मृत्यु हुँदा समेत कुनै वास्ता नगरेको भन्दै आक्रोश पोखेका थिए ।

6595
Shares

ट्रेन्डिङ