सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नबनिर्मित प्रशासकीय भवन राष्ट्रपतिद्वरा उद्घाटन गर्छौ :- नगर प्रमुख वाईबा

नबनिर्मित प्रशासकीय भवन राष्ट्रपतिद्वरा उद्घाटन गर्छौ :- नगर प्रमुख वाईबा

1060
Shares
नबनिर्मित प्रशासकीय भवन राष्ट्रपतिद्वरा उद्घाटन गर्छौ :- नगर प्रमुख वाईबा

काभ्रे :- काभ्रेको मन्डनदेउपुर नगरपालिकाको प्रशासकिय भवनको समुदघाटन को सन्दर्भमा पत्रकार सम्मेलन गरि रास्ट्रप्रमुखले प्रशासकीय भवनको सामुदघाटन गर्ने जानकारी गराएको छ । जिल्लाकै कान्छो नगरपालिकाको रुपमा २०७३ सालमा स्थापना भएको नगरले स्थापनाको ७ औ वर्षकै दिन पारेर प्रशासकीय भवनको समुद्घाटन गर्न लागेको हो। नगरपालिकाको वडा न ७ को मनमति डाँडामा नब निर्मित भवनको समुद्घाटनको तयारी तिब्र गतिमा भैरहेको जनाएको छ।

नगरपालिकाको आन्तरिक श्रोत र समपुरक बजेट मार्फत प्राप्त बजेटबाट कुल १४ करोड २२ लाख ९४ हजार ९ सय ४२ रुपैयामा ठेक्का सम्झौता भएकोमा २०७९ पुस मसान्तमा ठेक्का सम्झौता बमोजिम सक्नुपर्ने भएता पनि कोरोनाकाल र आर्थिक मन्दी लगाएतका करण अन्तिम पटक थपिएको म्याद बमोजिम २०८० पुस मसान्तमा सकिने सम्झौता थियो। पालिकाको कार्यपालिका बैठकको निर्णय बमोजिम थपिएको संरचना सहित भवनको खर्च २ करोड ५ लाख ३३ हजार ३ सय ७५ भुक्तानी गर्न बाकि रहेको छ। सघीय समपुरकबाट १ करोड ८० लाख र जिल्ला समन्वय समिति काभ्रेबाट प्राप्त २ करोड र सघिय अनुदान(डोलीडार) बाट प्राप्त २ करोड ४० लाख रुपैया र बाँकी नगरको आन्तरिक श्रोतबाट भवन निर्माण सम्पन्न गरिएको हो।

अहिले नगरको प्रशासकीय भवनको वितिय प्रगति ९९ % प्रतिशत भैतिकतर्फ पनि ९९ % नै प्रगति भएको नगरपालिकाले जनाएको छ। नबनिर्मित प्रशासकीय भवनमा ६२ वटा साना ठुला कोठा रहेका छन्। जसमा दुईवटा हल , अपांगमैत्री शैचालय , लिफ्ट आदी जडान गरिएको छ।

नगरले रास्ट्रपतिलाई नै सरिक गराएर सम्पन्न गर्न खोजेको सामुदघाटन सत्रलाई सम्पन्न गर्नका लागी नगरका विभिन्न स्थानबाट धर्म सस्कृति झल्कने झाकी र्याली सहितको सास्कृतिक कार्यक्रम आदीको तयारीका लागी नगरप्रमुख टोक ब बाईबाको संयोजकत्वमा नगरकार्यपालिका सदस्य सहितको एक मूल समारोह समिति गठन गरी तयारी तिब्र गतिमा गरिरहेको नगर प्रमुख टोक बाईबाले पत्रकार समेल्लनमा जानकारी दिएका छन्।

वाईबाले सम्मेलनलाई सम्बोधन गर्दै सो दिन ३४ हजार नै नगरका जनतालाई निम्ता पठाएर सो दिन नगरको भवन हेर्न र जनताकै छोरा रास्ट्रप्रमुख लाई हेर्ने र सुन्ने अवसर सम्म प्रदान गर्न खोजिएको बताए। उनले सो दिन सबै वडा बाट कार्यक्रममा सहभागी हुन्का लागी यातायात र अन्य व्यवस्था समेत नगरले गर्ने बताएछन्।उनले सम्बोधनकै चरममा नगरले ईसेवा सबै विधालयलाई पुर्याएको समेत जानकारी दिए। सो प्रक्रियालाई निरन्तरता प्रदान गर्न समेत् आफु तत्पर रहेको जनाएका थिए।

आगामी २७ गते रास्ट्रपति रामचन्द्र पौडेल बाट समुद्घाटनको तयारी गरेको नगरले आज पत्रकार सम्मेलन गर्दै सो तयारी तिब्र गतिमा भैरहेको जानकारी दिएका हो ।संविधान दिवसको दिन देखि नयाँ भवनबाट सेवा सुचारु गरेको नगरको प्रशासकीय भवनको बिधिबत समुद्घाटन भने २७ गते हुने जनाकारी गराएको हो।

1060
Shares

ट्रेन्डिङ