सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रे कांग्रेसको नेतृत्वमा लफडा, ट्रेड युनियन नेतृत्व चयनमै भाडभैलो

काभ्रे कांग्रेसको नेतृत्वमा लफडा, ट्रेड युनियन नेतृत्व चयनमै भाडभैलो

2165
Shares
काभ्रे कांग्रेसको नेतृत्वमा लफडा, ट्रेड युनियन नेतृत्व चयनमै भाडभैलो
  • रोशन तिमल्सिना

काभ्रे : नेपाली कांग्रेसका भातृ संगठनहरु लामो समय देखि नेतृत्व विहिन रहेर केहि महिना अघि सभापति शेबहादुर देउवाले तत्कालिन संयोजक तोक्दै भातृ संगठन विस्तार गर्ने कार्य तिब्र बनाईएको थिए।

भातृ संगठन भएका पनि प्रवाभाकारी काम नहुदै आएकोमा केहि समय अघि देखि नया नेतृत्व चयन गर्दै अगी बडिरहेको ठाउँमा विवाद नै विवाद सिर्जना भएका छन् । त्यस्तै विवादका विच नेपाली नेपाली कांग्रेसको भातृ संगठन मध्ये महत्वपुर्ण मानिने र प्रभावकारी ट्रेड युनियन काँग्रेस काभ्रेमा पनि नयाँ नेतृत्वको विषयमा विवाद सिर्जना भएको छ।

निर्वाचन नगराई आफु अनुकुललाई जिल्ला कार्यसमितिले पुन: नेतृत्वमा चयन गरी घोषणा गरेको प्रति नेतृत्व गर्नका लागी निर्वाचन प्रक्रियामा नै भाग लिएका एक उमेद्वारले आइतबार निवेदन पेश गर्दै घोषणा गरिएको निर्णय मान्य नहुने र पुन : निर्वाचन गराउनु पर्ने माग गरेका छन्।

काभ्रेको बनेपामा गत बैशाख २३ गते आयोजना गरिएको जिल्ला अधिवेशनमा पहिलो सत्रको कार्यक्रम सकाएर निर्वाचन प्रक्रियामा सामेल भएका जति आफ्नो गुटको पर्यो परेन भनि हेरिरहेका नेतृत्वकै आज्ञामा अधिवेशन स्थाकित गरिएको थियो।

अधिवेशन स्थकित गरिएको भए पनि २७ गतेशनिबार एक्कासी कांग्रेस काभ्रेको कार्यालयमा जिल्ला कार्य समितिको नेतृत्व गर्दै आएको एक समूहले आफ़ुखुसि नेतृत्व स्व धोषणा गर्नाले विवाद थप चुलिदै गएको हो।

निर्वाचन प्रकियामा सामेल भएको आफ्नो असमति बेगर अध्यक्ष घोषणा गर्न लगाईएको प्रति अध्यक्षका आकांक्षी रहेका नेता बालकृष्ण गौतमले आइतबार नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रिय कार्यालयमा निवेदन दिएका हुन्।

 

घोषितअध्यक्ष प्रति आफ्नो असहमति रहेको भन्दै अध्यक्षका उमेद्वारले निवेदन पेश गरेका हुन्। उनले निवेदनमा भनेका छन् :- अधिवेशनलाई स्थगित गराई निर्वाचन नगरी एक्कासी हिजो अध्यक्ष घोषणा गरिको प्रति असमति रहेको र आफ्नो उमेद्वारी कायमनै रहदा उमेद्वारी फिर्ता नगराई तिन कार्यकाल नेतृत्व गरीसकेकालाई पुन: घोषणा गरेकोमा असहमति रहकोले उक्त घोषणा रद्ध गराई पुन निर्वाचन गराई नेतृत्व चयन गर्न अनुरोध गर्दछु ।

एक्कासी जिल्ला कार्यसमितिले केहि पदाधिकारीहरुले इच्छा बमोजीम आज भन्दा अगाडी नै ३ कार्यकाल नेतृत्व गरिसकेकालाई नै पुन : अध्यक्षघोषणा गरिएको प्रति उमेद्वार बालकृष्ण गौतमको असहमति रहेको र निर्वाचन गरिनु पर्ने उनको भनाई छ । उनी आफ्नो उमेद्वारी बारे जानकारी नगराई एक तर्फी सिमीत नेताको निर्देशनमा जिल्ला कार्यसमितिले धोषणा गरेको प्रति आपति ब्यक्त गर्दै आएका छन्।

2165
Shares

ट्रेन्डिङ