सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ई-रिक्सा चार्ज गर्ने क्रममा एक महिलाको मृत्यु

ई-रिक्सा चार्ज गर्ने क्रममा एक महिलाको मृत्यु

280
Shares
ई-रिक्सा चार्ज गर्ने क्रममा  एक महिलाको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाकी ३६ वर्षीया गौरी देवी रहेकी छिन् । गौरीलाई आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा करेन्ट लागेको थियो ।

उपचारको लागि न्यूरो हस्पिटलमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

280
Shares

ट्रेन्डिङ