सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा लागुऔषध सहित दुई जना पक्राउ

काभ्रेमा लागुऔषध सहित दुई जना पक्राउ

25795
Shares
काभ्रेमा  लागुऔषध सहित दुई जना पक्राउ

ईलाका प्रहरी कार्यालय बनेपाले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ८ मा डेरा गरी बस्ने भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ घर भएका ३० बर्षीय पुरुष काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भएका १९ बर्षीय १ महिला रहेको बताइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथ लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६५ ग्राम, डिजिटल तराजु १ थान, ३ लाख १९ उन्नाईस हजार रुपैयाँ, आईफोन–११ १ थान, र पोको १ थान बरामद भएको छ ।

 

जिल्ला अदालतबाट लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा दिन–५ को म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

25795
Shares

ट्रेन्डिङ