सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता, एक जनाको मृत्यु

काभ्रेमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता, एक जनाको मृत्यु

2185
Shares
काभ्रेमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता, एक जनाको मृत्यु

काभ्रे : पहिरोले घर पुर्दा एकै परिवारका ६ पुरिएका मध्ये एक जनाको मृत्यु भएको छ ।

जिल्लाको खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवनपुरको बागमती गाउँपालिका–५ स्थित् सिक्रेदोभानस्थित बस्दै आएको अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो ।

खानीखोला गाउँपालकाका वडा अध्यक्ष बुद्धिबहादुर स्याङतानले गम्भीर अवस्थामा उद्धार गरिएको सञ्चमायालाई बागमती–५ स्थित भोर्लेनीको एक मेडिकलमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार अंकलबहादुर सहित शिला स्याङ्तान, जीवन पहरी, २ वर्षीय तेज पहरी र १ वर्षीय देव्यणी पहरी बेपत्ता छन् । गाउँपािलका अध्यक्ष थिङले उद्धार कार्यमा खटिन स्थानीय लगायत त्यस आसपासमा रहेका सबैलाई अग्रह समेत गरेको छ ।

बेपत्ता शिला र जीवन अकलबहादुरको छोरी ज्याँई हुन् । त्यस्तै तेज र देव्यणी उनको नाती नातीना हो । उनीहरु सबै एकै घरमा बस्दै आएका छन् । त्यस्तै सिन्धुलीको हरिहरपुर गाउापालिका–१ कोक्टीको पाल्साङ घिसिङ समेत पहिरोले पुरिएको छ ।

वडाध्यक्ष स्याङतानले पल्साङ खेतको कामले मकवानपुर गएकी आमा चाहिँ लिन जाँदा बाटोमा भेट नभएपछि उनी त्यहाँस्थित् अकलबहादुरको घरमा बसेको र घरमा पुग्दा आमाले छोरा आफुलाई लिन गएकोमा भेट नभएको थाहा पाएपछि फेरी आमासहित पाल्साङलाई खाज्दै जाँदा उनी सो घरमा बसेको खुलेको हो ।

वडा अध्यक्ष स्याङतानले आफुसहित ताल्ढुंगा प्रहरी चौकीको टोली घट्ना स्थलतर्फ गइरहेको र मकवानपुरको बागमती गापाको भोर्लेनीमा रहेको प्रहरी टोली घट्ना स्थलमा पुगेर उद्धार कार्य काटिरहेको जानकारी दिए । दुई दिनदेखि परेको अविरल वर्षको कारण घरमाथिबाट पहिरोले घर पुरेको थियो ।

2185
Shares

ट्रेन्डिङ