सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या

नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या

440
Shares
नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या

विराटनगर | मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ ।

हत्या हुनेमा सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दास रहेको प्रहरीले जनाएको छ ।

उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।

उनको हत्यापछि शव छाडेर व्यक्ति फरार भएको पाइएको मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले बताए ।

440
Shares

ट्रेन्डिङ