सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नमोबुद्ध नगरले लम्पी स्किन पीडित कृषकलाई राहत विपद व्यवस्थापन कोषबाटै उपलव्ध गराउने, प्रतिभैसी ७ हजार राहत

नमोबुद्ध नगरले लम्पी स्किन पीडित कृषकलाई राहत विपद व्यवस्थापन कोषबाटै उपलव्ध गराउने, प्रतिभैसी ७ हजार राहत

1640
Shares
नमोबुद्ध नगरले लम्पी स्किन पीडित कृषकलाई राहत विपद व्यवस्थापन कोषबाटै उपलव्ध गराउने, प्रतिभैसी ७ हजार राहत

काभ्रे : गाई भैसीमा महामारीको रुपमा फैलिएदै गएको लम्पी स्किन रोगबाट पशु क्षति बेहोरेका कृषकलाई नमोबुद्ध नगरपालिकाले विपद व्यस्थापन कोषबाट राहत उपलव्ध गराएको छ । विपद् व्यवस्थापनको लागि राहत वितरण सम्बन्धी मापदण्ड, २०७७ मा भएको व्यवस्था अनुसार राहत व्यवस्था मिलाएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए ।

‘विपदमा पशु क्षति व्यहोर्ने कृषकलाई नियमित राहत व्यवस्था गर्दै आएका छौं,’ नगर प्रमुख कुनसाङ लामाले भने, ‘लम्पी स्किनबाट क्षति बेहोर्ने कृषकलाई पनि यही कोषबाट राहत उपलव्ध गराउँछौं ।’

मापदण्डमा घर पालुवा पशुहरु पूर्ण क्षति भएमा भैंसीको हकमा रु. ७००० (सात हजार), गाई÷गोरुको हकमा प्रति गोटा रु. ५००० (पाँच हजार) र भेडा÷बाख्राको हकमा प्रति गोटा रु. १००० (एक हजार) राहत उपलब्ध गराईने उल्लेख छ ।

नगरपालिकाले कीट वा सूक्ष्म जीवाणु आतङ्क, पशु तथा चराचुरुङ्गीमा हुने फ्लू, प्यान्डामिक फ्लू आदिलाई गैर प्राकृतिक विपदको रुपमा परिभाषा गर्दै यस्ता विपदमा पनि राहत उपलव्ध गराउने व्यवस्था गर्दै आएको छ ।

नमोबुद्ध नगरपालिकाको पशु सेवा शाखा प्रमुख चिरञ्जिवी शर्माका अनुसार, नमोबुद्ध भएर ५५ वटा गाई लम्पी स्किनका कारण क्षति भएका छन् । नगरपालिकाले मरेका पशुको व्यवस्थापनको लागि आवस्यकताको आधारमा स्काभेटर समेत उपलव्ध गराएको छ । नगरपालिकाले यसअघि सबै वडामा लम्पी स्किन विरुद्ध खोप अभियान सञ्चालन गरिसकेको छ भने औषधी खरिद गरी वितरण गरिरहेको छ ।

1640
Shares

ट्रेन्डिङ