सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • टिकटक चलेको भए खबर गर्न दुरसञ्चारको आग्रह

टिकटक चलेको भए खबर गर्न दुरसञ्चारको आग्रह

1015
Shares
टिकटक चलेको भए खबर गर्न दुरसञ्चारको आग्रह

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले टिकटक प्रयोग भएको पाइएमा खबर गर्न आग्रह गरेको छ

एक सूचना जारी गर्दै दुरसञ्चारले टिकटक प्रयोग भएको पाइएमा खबर गर्न आग्रह गरेको हो । सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको छ ।

सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो । तर, अझै पनि नेपालमा टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न सूचना जारी गरेको हो ।

सूचना [email protected] मा पठाउन सकिनेछ र सूचना दिंदा कुन कम्पनीबाट चलेको हो भन्नेबारेमा जानकारी गराउनु पर्नेछ ।

1015
Shares

ट्रेन्डिङ