सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • अतिक्रमीत ७४ रोपनी जग्गामा बन कार्यलयले गर्यो बृक्षारोपण अभियान सुरु

अतिक्रमीत ७४ रोपनी जग्गामा बन कार्यलयले गर्यो बृक्षारोपण अभियान सुरु

2260
Shares
अतिक्रमीत ७४ रोपनी जग्गामा बन कार्यलयले गर्यो बृक्षारोपण अभियान सुरु

काभ्रे | काभ्रेको बन कार्यालयले अतिक्रमण गरेको सामुदायिक बनको ७४ रोपनी जग्गामा बृक्षारोपण गरेको छ। केहि हप्ता अगी मात्र बनले अतिक्रमित जग्गा तारबार गर्दै बनकै स्वामित्वमा ल्याई बृक्षारोपण गरिएको हो।

पाचाखाल नगरपालिका वडा न २ स्थित सामुदायिक बनको जग्गा २०५२/५३ साल देखि नै व्यक्तिले हडपेको ७४ रोपनी जग्गा बन कार्यालयले केहि समय अगि मात्र तारबार गरी बनले नै प्रयोग गर्ने गरी सामुदायिक बनलाई नै जिम्मा लगाएको थियो। जिल्लाका सुरक्षा निकायको सहयोगमा अतिक्रमण भएको जमिनलाई सामुदायिक बनकै स्वामित्वमा ल्याउन सकिएको सब डिभिजन कार्यालयका बन अधिकृत हरिचन्द्र तिमल्सिनाले जानाकारी दिएका हुन्। सोहि जमिनमा हाल बृक्षारोपण गरिएको तिमल्सिनाले बताए।

लौकिनी घ्याग्ले सामुदायिक बन पाँचखाल नगरपालिका वार्ड न २ मा हालसालै डिभिज बन कार्यालय काभ्रेपलान्चोक ले ७४ रोपनी अतिक्रमण छेत्र खाली गराइ तारबार समेत गरेको छेत्र मा बृक्षारोपन गरेको हो । २०८० भाद्र ४ गते आयोजित एक विशेष समारोह बिच डिभिज बन कार्यालय काभ्रे द्वारा बृक्षारोपन अभियान सुरु गरिएको बन अधिकृत हरिचन्द्र तिमल्सिनाले जानकारी दिएका हुन् ।

बृक्षारोपन कार्यक्रमको अध्यक्षता सामुदायिक बन को अध्यक्ष रत्न बहादुर तामाङ प्रमुख अतिथि डिभिज बन अधिकृत देविचन्द्र पोख्रेल पाँचखाल न पा २ का वडा अध्यक्ष रामेश्वर दाहाल र बन अधिकृत हरिचन्द्र तिमल्सिना को आतिथ्यतामा उक्त बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो । बृक्षारोपन कार्यक्रम अन्तर्गत बिजयसाल,सतिसाल, निम , दार लगायतको १०० वटा बिरुवा रोपेको बन अधिकृत तिमल्सिना ले बताए।

बृक्षारोपन सुरुवात भएको र यश बृक्षारोपन कार्यक्रम लाई क्रमश अभियान को रूपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।पाँचखाल नगरपालिका २ का वडा अध्यक्ष रामेश्वर दाहाल ले यस्तो अतिक्रमण हटाउने र बृक्षारोपन अभियान मा पाँचखाल नगरपालिका हातेमालो गर्न तयार रहेको बताएका थिए ।

सामुदायिक बनका अध्यक्ष रत्न बहादुर तामाङले उक्त सामुदायिक बन मा बर्षौ देखि रहेकोे पुरानो ७४ रोपनि अतिक्रमण क्षेत्र खाली गराई तारबार समेत गरि हाल बहुमुल्य प्रजाती को बृक्षारोपन सुरुवात गरेकोमा डिभिजन बन कार्यालय काभ्रे र सब डिभिजन बन कार्यालय महादेबस्थान पाँचखाल लाई बिशेष आभार व्यक्त गरेका थिए । साथै अध्यक्ष तामाङले निकट भबिस्यमा नै पाँचखाल नगरपालिकाको सहयोगमा उक्त अतिक्रमण हटाएर खाली गरिएको बाकी क्षेत्रमा फलफूलको बृक्षारोपन गरिने कार्यक्रम समेत रहेको जानकारी दिएका थिए ।

2260
Shares

ट्रेन्डिङ