सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • इटाली पठाइदिन्छु भन्‍दै रकम ठगेको आरोपमा एक जना पक्राउ

इटाली पठाइदिन्छु भन्‍दै रकम ठगेको आरोपमा एक जना पक्राउ

1295
Shares
इटाली पठाइदिन्छु भन्‍दै रकम ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं । इटाली पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका – ३ घर भइ हाल काठमाडौको कीर्तिपुर – ५ बस्‍ने ५२ वर्षीय विष्णु रिषी पाण्डे रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

उनले पीडितलाई वैदेशिक रोजगाका लागि इटाली पठाइदिन्छु भन्‍दै पटक-पटक गरी ४ लाख २५ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

1295
Shares

ट्रेन्डिङ