सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रेस युनियन काभ्रेमा नगेन्द्र अधिकारी नेतृत्वको कार्यसमिति निर्विरोध

प्रेस युनियन काभ्रेमा नगेन्द्र अधिकारी नेतृत्वको कार्यसमिति निर्विरोध

1445
Shares
प्रेस युनियन काभ्रेमा नगेन्द्र अधिकारी नेतृत्वको कार्यसमिति निर्विरोध

काभ्रे । नेपाल प्रेस युनियन काभ्रेको ७ औ जिल्ला अधिबेशन सम्पन्न भएको छ ।सोमबार भएको अधिबेशनबाट नगेन्द्र अधिकारी लगायत कार्यसमितिलाई पुनः निर्वाचित गरेको हो ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले अधिबेशनको उद्घाटन गरेका हुन ।अधिबेशनको खुल्ला सत्रको उद्घाटन गर्दै लम्सालले यो बर्ष प्रशिक्षणको बर्ष बनाउने बताए ।युनियन सक्षम र बलियो हुनको लागि सदस्यहरू प्रशिक्षित हुनुपर्ने बताउदै यस बर्ष प्रशिक्षण बर्ष बनाउने उनको जोड थियो ।चुनौतीहरुलाइ सामना गर्न सक्ने कार्यसमिति बनाउनु पर्ने उनको भनाइ छ ।देश भरीको जिल्लाहरुको अधिबेशन भैरहेको बताउदै स्वच्छ पत्रकारीता गर्न सक्ने र जतिखेर पनि निर्णयको लागि जहिले पनि तत्पर रहने खालको कृयाशील समिती बनाउन आग्रह गरे ।

त्यसरी नै नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेले कमजोर ब्युरोकेशीलाई औल्याएर पत्रकारिताको माध्यामबाट सुधार गर्न लगाउने क्षमता पत्रकारितामा मात्र हुने पोखरेलले बताए ।अरुको कमजोरीलाइ सुधार गर्नको लागि आफू सुदारिनु पर्ने भएकाले पहिला आफै सुध्रिनु पर्ने भएकाले देशभरी सुदृढीकरणको अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

प्रशिक्षण प्रतिष्ठान खोल्न सरकारको ध्यान जानू पर्ने उनले बताए ।नेपाली काङ्ग्रेस काभ्रेका उपसभापति रमेश हुमागाइले नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था भएकाले पार्टीको कमजोरिलाइ औल्याउदै पार्टीले जनतासम्म पुगेर गरेको राम्रा कामको जनता समक्ष सम्प्रेसन गर्दिन अनुरोध गरे ।

नेपाल प्रेस युनियन काभ्रेका सचिव शुभराज अधिकारीले सन्चालन गरेको उक्त उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस काभ्रेका सचिव गुणराज मोक्तान, नेपाली काङ्ग्रेस काभ्रेका सचिव माधव ढकाल, नेपाली काङ्ग्रेस काभ्रेका सह-सचिव रबिन्द्र सिग्देल, नेपाली काङ्ग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरी, नेपाल प्रेस युनियन केन्द्रिय सदस्यद्वय नारायण सापकोटा र कपिल कोइराला, नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष इश्वरी ओझा, नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि जीवन शर्मा, नेपाली काङ्ग्रेस काभ्रेका प्रवक्ता सन्तमान लामा, नेपाल प्रेस युनियन बागमती प्रदेश लेखा समिति सदस्य शङ्कर अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष तथा नेपाल प्रेस युनियन काभ्रेका नेता बद्रीराज तिमल्सिना, डेमोक्रेटिक लोयर्स एसोसिएसन काभ्रेका अध्यक्ष महेश कुवर, प्रेस युनियन काभ्रेका सल्लाहकार भोला थापा र प्रेस युनियन कभ्रेका पूर्वअध्यक्ष सल्लाहकार महेश पौडेल लगायतले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा प्रेस युनियनका सह-सचीव सचित खड्का शुभकामना मन्तव्य गरेका थिए ।अधिबेशनको निर्वाचन समितिले अधिकारीको अध्यक्षतामा उपाध्यक्ष देवराज के.सी, महिला उपाध्यक्ष सम्झना हुमागाई, सचिवमा शुभराज अधिकारी, सह-सचिवद्वाय सचित खड़का र इन्द्रबहादुर थापा, कोषाध्यक्ष सरोज अधिकारीलाई निर्बिरोध निर्वाचित गरेका छन ।त्यस्तै सदस्यहरूमा पुरुषोत्तम ढकाल, पुजन धिताल, रोसन पौड्याल, रामचन्द्र अधिकारी, भक्त दाहाल, राजन प्रसाद दाहाल, दिल कुमारी हुमागाइ, जानुका खनाल, विपशना शाक्य, रवि धिताल, ज्योती श्रेष्ठ र रामचन्द्र रम्तेल निर्विरोध निर्वाचित भएका छन ।

1445
Shares

ट्रेन्डिङ