सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कोभिडका वर्षपछी यस वर्ष बनेपाको गोसाईस्थानमा भक्तजनको उल्लेखनीय सभागिता

कोभिडका वर्षपछी यस वर्ष बनेपाको गोसाईस्थानमा भक्तजनको उल्लेखनीय सभागिता

2825
Shares
कोभिडका वर्षपछी यस वर्ष बनेपाको गोसाईस्थानमा भक्तजनको उल्लेखनीय सभागिता

काभ्रे :- काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं ६ स्थित गोसाईस्थानमा जनैपूर्णिमा मेला सम्पन्न भएको छ। हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिनमा गोसाईस्थानमा मेला लाग्ने गर्दछ। सो मेलामा रक्षाबन्धन गर्ने भक्तजन र जनै फेर्नहरुको भीड लाग्ने गर्दछ ।

वर्षौंदेखि जनैपूर्णिमाका दिन मेला लाग्दै आएको सो स्थानमा भगवान् शिवले एकरात बिताएको र त्यहाँ गएर दर्शन तथा पूजाआजा गर्नाले मोक्ष प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ । रसुवाको गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनहरु बनेपाको गोसाइस्थान मन्दिरमा आई पूजाआजा र दर्शन गर्दै आईरहेका छन्।

 

 

मेलामा ब्राम्हणको हातबाट जनै लगाउने, रक्षाबन्धन गर्नेहरुको पनि उत्तिकै भीड लाग्छ । केही वर्षयता सो स्थानलाई नैमिशारण्य क्षेत्र गुरुकुल सहित संचालन गर्दै आइरहेको जनैपूर्णिमा मेला संरक्षण समितिका अध्यक्ष भेषराज शाहले सबैको समाचारलाई जानकारी दिएका छन् ।

शाहाका अनुसार मेलामा कोभिडका वर्षपछी यस वर्ष मेलामा भक्तजनहरुको उल्लेखनिय सहभागिता भएको बताए। यस वर्ष ७०-७२ हजार जति सहभागी भएको हाम्रो अडकल रहेको भन्दै हामीले प्रश्न गर्दा खुसि भएर सहभागी बडेको खुलेर बताएका थिए। उनले संगै सो क्षेत्रमा घार्मिक देखि अन्य पर्यटनको केन्द्र बनाउन पहल स्वरुप केहि संरचना र अन्य क्षेत्रबाट पनि कार्य समितिले गर्दै आएको र अझ थप पहल गर्दै जाने जानकारी दिएका छन्।

2825
Shares

ट्रेन्डिङ