सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रहरी भन्दै रुपैयाँ खोसेर भाग्न खोज्ने व्यक्ति पक्राउ

प्रहरी भन्दै रुपैयाँ खोसेर भाग्न खोज्ने व्यक्ति पक्राउ

1160
Shares
प्रहरी भन्दै रुपैयाँ खोसेर भाग्न खोज्ने व्यक्ति पक्राउ

जनकपुरधाम :- आफूलाई घुमुवा प्रहरी भन्दै रुपैयाँ खोसेर भाग्न खोज्ने एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रहेका छन्। उनीसँगै रहेका अर्का एक व्यक्ति भने फरार रहेको र उनको पनि खोजी गरिरहेको धनुषा प्रहरीले जनाएको छ।

धनुषाको विदेह नगरपालिका ३ चिकनास्थित ज ७ प ६०८६ नम्वरको मोटरसाइकलमा जनकपुरधाम २४ सोनापराका सुरज मण्डल, सुमित कुमार राम र विदेह नगरपालिका ८ का फेकुन मण्डलबाट आफूलाई घुमुवा प्रहरी भन्दै धाक लगाएर ४ हजार रुपैया खोसेर भाग्न खोज्दा अमरेश पक्राउ परेको बताइएको छ।

अमरेशले चलाएको ज १० प ३७०५ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ।

1160
Shares

ट्रेन्डिङ