सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ५९ औ रास्ट्रिय बाल दिवसका अवसरमा बालबालिकालाई जेसिजको सहयोग

५९ औ रास्ट्रिय बाल दिवसका अवसरमा बालबालिकालाई जेसिजको सहयोग

1290
Shares
५९ औ रास्ट्रिय बाल दिवसका अवसरमा बालबालिकालाई जेसिजको सहयोग

गौरादह :- ५९ औ रास्ट्रिय बाल दिवसका अवसरमा गौरादह जेसिजले गौरादह नगरपालिका वडा न १ मा रहेको श्री लालजनकल्याण आधारभूत विद्यालयका बालकक्षा देखि कक्षा ५ सम्मका नानीहरूलाई शैक्षिक सामग्री र खेलकुद पोसाक वितरण दमकमा रहेको साना सहयोगी समुह नेपालको सहयोगमा सम्पन्न गरेको छ ।

उक्त शैक्षिक सामग्री र खेलकुद पोसाक वितरण कार्यक्रममा गौरादह नगरपालिकाका नगरप्रवक्ता तथा वडा न १ का वडा अध्यक्ष श्री नगेन्द्र भण्डारी ,साना सहयोगी समुह नेपाल दमकका अध्यक्ष दुर्गाप्रसाद गड्तौला ,गौरादह जेसिजका पुर्व अध्यक्ष जेसि हरिचन्द्र अधिकारी , क्रान्तिदिप काफ्ले , वडा न १ का वडासदस्य ज्युहरु,अभिभावकज्युहरुको सहभागिता रहेको थियो ।

 

आज गौरादह जेसिज र साना सहयोगी समूह नेपाल दमकको तर्फबाट गौरादह १ मा रहेको लालजनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामग्री सहित खेलकुद पोसाक वितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथी गौरादह नगरपालिकाका वडा अध्यक्ष नगेन्द्र भण्डारी रहनुभएको थियो । कार्यक्रम सम्योजक वर्ष २०२३ का कानुनी सल्लाहकार धुर्वचन्द्र अधिकारी रहेकोमा वर्ष २०२३ का महासचिव भानु आचार्यले कार्यक्रम संचालन गर्नुभएको थियो ।

आजको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष , सहयोगी सस्थाका अध्यक्ष दुर्गाप्रसाद गडतौला लगायतले शुभकामना मन्त्वय राख्नुभएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सम्पूर्णमा गौरादह जेसिज वर्ष २०२३का अध्यक्ष जेसि प्रकाश भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

1290
Shares

ट्रेन्डिङ