सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • १४ वर्षदेखि काभ्रे एकीकृत खानेपानी कुर्दै ३ नगरका बासिन्दा, खानेपानी बोर्डका अध्यक्ष ब्यन्जु विदेश घुम्नमै व्यस्त

१४ वर्षदेखि काभ्रे एकीकृत खानेपानी कुर्दै ३ नगरका बासिन्दा, खानेपानी बोर्डका अध्यक्ष ब्यन्जु विदेश घुम्नमै व्यस्त

24810
Shares
१४ वर्षदेखि काभ्रे एकीकृत खानेपानी कुर्दै  ३ नगरका बासिन्दा, खानेपानी बोर्डका अध्यक्ष ब्यन्जु विदेश घुम्नमै व्यस्त

काभ्रे । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सुरु भएको १४ वर्ष वित्यो तर खानेपानी भने लक्षित वर्ग सम्म पुग्न सकेको छैन । ठेकेदार संगको मुद्धा र काममानै ढिला सुस्ती हुदा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना अलपत्र परेको छ ।

१ अर्ब भन्दा धेरैको लागत साझेदारीमा सुरु भएको आयोजाना सम्पन्न हुदा ३ नगरका १ लाख ४० हजार जनतालाई पानी खुवाउने लक्ष राखेको थियो। आयोजना सुरु गर्दा यो लक्षमा सन् २०२४ मा पुग्ने गरी सुरु गरिएको भएता पनि आयोजना सम्पन्न हुन् अझै करोडौ खर्च गर्नु पर्ने निश्चित भएको छ। आयोजना सम्पन्न गर्न अझै ३० करोड भन्दा बढी खर्च लाग्ने भएको छ।

बनेपा, पनौती र धुलिखेल नगरपालिकाका उपभोक्ता एकीकृत खानेपानी कुरेर बसेको १४ वर्ष भयो । समाचार काम सकिएको भनेर आउँछ, नेताहरूले भाषणमा ९७ प्रतिशत काम सकिएको दाबी पनि गर्छन् । तर उपभोक्ताको धारामा पानी नझरेपछि स्थानीय बासिन्दा खानेपानीको भर गर्न छाडेका छन् । केहि महिना अघि बाट बनेपामा नियमित पानी झरेपछि अहिले सस्थांनले नै उपभोताको घर घरमा पानी पुर्याईरहेको छ। यसरी पानी पठाउदा समेत पर्याप्त पानी नभएकाले किनेर लिनु पर्ने बाध्यता कायम रहेको गुनासो बनेपाका स्थानीय असोक श्रेष्ठको छ ।

खानेपानीको सबैभन्दा ठूलो समस्या नै बनेपा र पनौतीमा रहेको तथा धुलिखेलमा तुलनात्मक रूपमा समस्या कम भएकाले धुलिखेलले यसबारे चासो कम दिएको आरोप बनेपा र पनौती नगरको छ ।

हरेक वर्ष प्रतिशतमा काम बढे पनि धारामा पानी नझर्दा स्थानीय बासिन्दाको व्ययभार पानीकै कारण बढिरहेको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बताए । संगै ३ नगरका लागि सुरु गरिएको परीयोजना भएता पनि ठेकेदार संगको मुद्धा र रकम अभाब संगै बोर्डको बैठक नियमित बस्न नसक्नाले पानी खुवाउने जिम्मेवारी हाम्रो रहेकाले पानी खुवाउन आ-आफ्नो ढङ्गबाट बनेपा र पनौती नगरपालिकाले आफै कार्य गरीरहेको नगर प्रमुखहरु वताउछन।

यता धुलिखेलमा भने एक ठाउँमा पानी आएको र सो वितरण पनि भईरहेको बोर्डका कर्मचारीहरु बताउछन। सो बोर्डको विगत ७ वर्ष देखि निरन्तर अध्यक्षता गर्दै आएका धुलिखेल नगरपालिकाका मेयर असोक ब्यान्जुले भने हामीले यो विषयमा कुरा गर्नु छ कोड वाईट दिनुस भन्दा मेयरको कार्यकक्षमा पुग्दा उल्टै हामीले धुलिखेल र मेयर सापको बदनाम गरेको भन्दै हामि संग कुनै कुरा नै नगर्ने बताउदै कार्यकक्षबाट नै बाहिरीए।

एक साता मात्र अघि कोरियाको भ्रमण सकेर नेपाल आएका ब्यान्जु केहि दिन अघि मात्र पुन: अमेरिकाको भ्रमणमा रहेको तस्विर मेयरले सामाजिक संनजालमै पोष्ट गरेका छन्।

यता काभ्रे एकिकृत खानेपानी बोर्डको नेतृत्व गरेकै ब्यान्जुले लामो समय भइसकेको छ। २०७४ को स्थानीय निर्वाचन बाट धुलिखेलको नगर प्रमुखमा निर्वाचित भएपछि निरन्तर सो बोर्डको नेतृत्व गरेका ब्यान्जु २०७९ मा पुन धुलिखेलकै प्रमुखमा निर्वाचित भएका हुन्।

उनि निरन्तर नेतृत्वमा नै हुदा पनि उनी निकट संचारमाध्यमले नै आयोजना ९७ प्रतिशत सकिएको भन्दै पटक पटक प्रचार वाजी गर्न भ्याएका छन्। यधपी कर्मचारी र बोडको अन्तिम निर्णय हेर्दा भने आयोजना सक्नका लागि अझै ३० करोड भन्दा माथि लाग्न सक्ने निर्णय बोर्डले गरेको छ ।

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना बोर्डको अन्तम पटक २०७९ चैत १५ गते बसेको वैठक ।

बोर्डले निर्णय गरेको महिनौ हुदा सम्म कुनै कार्य अघि नबढेपपछि पनौती र बनेपा नगरले भने आफ्नै खर्चमा खानेपानीको कार्य अगाडी बढाएको नगरप्रमुख शान्ति रत्न शाक्य र रामशरण हुमागाईंले बताए।

२०६६ मा सुरु गर्दा आयोजना ल्याउन तत्कालिन सांसद शिव प्रसाद हुमागाईले अत्यन्तै पहल गर्नु भएको पनौती नगरप्रमुख भण्डारी बताउछन। २०१२ मा सम्झौता गरी २०१५ जुन मै सक्ने गरी योजनाको काम अगाडी बढाएपनि १२ पटक म्याद थप गर्दा योजना बनाउन ठेकेदारले २०२० नेभेम्बर सम्मको म्याद पाएको थियो। सो परियोजना निर्माण गर्ने जिम्मेवारी भने निर्वाहा नगरी उल्टै ठेकेदारले अदालतमा अन्तरिम आदेश सहितको मुद्धा दायर गरेका छन्।

निङ्गबो निङ्गसाङ्ग इन्टरनेशनलले काभ्रे एकिकृत् बोर्ड, नेपाल क्रेडिट एण्ड कमर्श बैक लि सहितलाई विपक्षि बनाई मुद्धा दायर गरेको छ। सो मुद्धामा अन्तरिम आदेश नदिएपनि मुद्धा भने निरन्तर चलिरहेको छ। एक अर्ब भन्दा धेरै खर्च भएको आयोजनामा लापरबाहीले सीमा नाघेको बताउँदै उहाँले नगरपालिकाले बेहोर्ने भनिएको ऋणका ब्याजबारेमा पनौतीले पुनः विचार गर्ने बताए ।

बनेपा नगरपापालिका प्रमुख शान्तिरत्न शाक्यले आफूले निर्वाचनमा प्रतिबद्धता जनाएअनुसार खानेपानी खुवाउने कार्यमा अघि बढेको बताए । उनले व्यक्तिगत प्रयासमा आजाद माविको ट्याङ्कीमा पानी खसाउन सफल भएको बताए। उपभोक्ताको धारामा पानी नआएसम्म कामको प्रगति नदेखिने भएकाले खानेपानीको काम नभएकोजस्तो देखिएको बताउँदै उनले ठेकेदार कम्पनीले अदालतमा मुद्दा दायर गरेकाले तीन प्रतिशत काम बाँकी रहेको बताए ।

बोर्ड बैठक किन बस्न नसकेको भनि हामीले प्रश्न गर्दा पनौती र बनेपाका मेयर भन्छन धुलिखेलको मेयरको नियत् बस नबसेको या उहाको ब्यस्थताले बुझ्ननै नसकेको बताए। बोर्ड गठन र बोर्ड संचालन अनुरुप एक महिनामा एक पटक वा त्यो नसके अध्यक्षले बोलाएको बेलामा बैठक बस्ने गरी कार्यविधि भएता पनि ब्यान्जुले भने गत स्थानीय निर्वाचन पछि बोर्डको बैठक नै जम्मा दुई पटक मात्र बोलाएको मेयरदोय भण्डारी र शाक्य बताउछन।

यता खानेपानी सस्थांननै सो बोर्ड र परियोजना पुरा भएपछि सस्थांननै बोर्डमै गाभिने र बोर्डले लियो अन्य उपभोक्ता समिति समेत लाई संचालन गर्ने निर्णय पहिले नै मन्त्रालय बाट भएको र खानेपानी सस्थांन बनेपालाई कुन कर्मचारी कता जान चान्हान्छन सो विबरण पठाउने आदेश भए बमोजिम मन्त्रालय पठाएको खानेपानी सस्थांन बनेपाका कार्यालय प्रमुख इन्जिनियर रामचन्द्र लामिछानेले बताए।

यता केहि महिना अघि मात्र बनेपा आईपुगेको पानी अहिले सस्थांन मार्फत नै उपभोक्ता सम्म पुग्ने गरेको र बनेपा नगरले नै नगर सभाबाट अहिले खानेपानी संचालन सस्थांनलाई नै गर्न अनुमति प्रदान गरे बमोजिम अहिले सस्थांनले नै पानी वितरण गरिरहेको खानेपानी सस्थांन बनेपाका कार्यालय प्रमुख लामिछाने बताउछन। यता बनेपा बासीले बर्षौ देखि खादै आएको पानी ३ महिना देखि बिग्रदा समेत सोहि एकीकृत पानी हाल ४५ सय घर धुरीलाई पुर्याईएको बताए।

परियोजना सुरु गर्दा ए.डी.भी संग ऋण सम्झौताबाट २९ %, नेपाल सरकारको २१% , नगर विकास कोषको ऋण ३५% स्थानीय सहभागिता र प्रत्यक नगरबाट ५ % गरेर ऋण साहायताबाट आयोजना सुरु भएको हो।

मेयर ब्यान्जुको बेईमानी :
आयोजना सुरु भएको १४ वर्ष मा करिब ७ वर्ष त धुलिखेल नगरपालिकका प्रमुख अशोक ब्यान्जु नै नेतृत्वमा छन्। उनीले आयोजना किन सक्न नखोजेको होला भनेर सबैले प्रश्न गर्न थालेका छन्।

उनीले यो दोस्रो पटक निर्वाचित भए पछि २ पटक मात्र बोर्डको बैठक बोलाउनु उनको आयोजना अन्योल पार्ने दाउ त् हैन ? उनीले जनताको प्रश्न सोध्ने पत्रकार माथि नै रुखो ब्यबहार गर्नु र आफ्नै कर्तब्य बाट सदैब भाग्नु उनको नियत नै हो भन्दा फरक नपर्ला ?

उनि नेतृत्वमा रहिरहनु र आफुले गर्न नसके अरुलाई गर भन्न नसक्नु ब्यान्जुको गलत नियतनै भएको प्रष्ट छ। उनले नै बैठक आव्हान गर नभनी सदस्य सचिबले बैठक बोलाउन नसकेको बोर्डका कर्मचारी स्पस्ट बताउछन।

उनले नै बोर्डलाई किन बेवास्था गरेका हुन् हामी अन्योलमा छौ भन्दै कर्मचारी नै गुनासो गर्छन। यता बोर्डको नेतृत्व उनले छोडन नचाहानुलाई पनि संका गर्ने ठाउ छ , यस अघिका सदस्य अर्थात बनेपा र पनौतीका मेयर उनि नै जिल्ला अध्यक्ष भएको नेकपा एमाले बाट निर्वाचित भएका थिए भने गत स्थानीय निर्वाचन बाट भने सो ठाउमा नेपाली कांग्रेस विजयी भएर आएकाले पनि अध्यक्ष ब्यान्जुले कुर्शी नछोडेको हुन् सक्ने धेरैको आकलन छ ।

24810
Shares

ट्रेन्डिङ