सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान

राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान

1080
Shares
राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान

काठमाडौँ, ११ असोज । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् । बुधबार राति प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा अध्यक्ष लिङ्देन दोहा प्रस्थान गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष लिङ्देन कतारमा रहँदा श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने र नेपाली दूतावासका अधिकारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

अध्यक्ष लिङ्देनले आफ्नो अनुपस्थितिमा नियमित कार्य सञ्चालनका लागि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका प्रवक्ता कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार लिङ्देन १३ असोजमा स्वदेश फर्किनेछन् ।

1080
Shares

ट्रेन्डिङ