सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • रोशीले १ हजार ७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य विमा गर्यो

रोशीले १ हजार ७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य विमा गर्यो

2185
Shares
रोशीले १ हजार ७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य विमा गर्यो

काभ्रे :- जिल्लाको रोशी गाउँपालिकाले एक हजार ७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको नेतृत्वले पहिलो निर्णय गरेअनुसार ६० बर्ष माथीका र ७० बर्ष मुनीका नागरिका परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरेका हुन् । गाउँपालिकाका ३ हजार ७९ परिवार मध्ये दुई हजार ६ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य विमा पाएका छन् ।

 

नेपाल सरकारले ८ सय ६८ परिवारको संघीय सरकारले निःशुल्क विमा गरेका हुन् भने १ हजार ७ सय ८० परिवारको रोशी गाउँपालिकाले विमाशुल्क व्येहोरेको हो ।रोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको जेष्ठ नागरिक स्वास्थ्य वीमा सम्बन्धि समिक्षा कार्यक्रम २०८० मा सो विवरण उल्लेख गरेका हुन् ।स्वास्थ्य शाखाका प्रमुख गंगालाल श्रेष्ठका अनुसार रोशीको जनसंख्या अनुसार ३७ दशमलव ३१ प्रतिशत नागरिकको स्वास्थ्य विमा भएको छ । रोशीको जनसंख्या २३ हजार ७ सय ९० रहेकोमा ८ हजार ८ सय ७८ जनाको स्वास्थ्य विमा भएको उनले बताएका छन् । एक हजार ७ सय ८० परिवारको गाउँपालिकाले निःशुल्क विमा गरिदिएको छ । ६० बर्ष माथी र ७० बर्ष मूनीको नागरिकको परिवारको गाउँपालिकाको निःशुल्क विमा गरेको हो । त्यसरी नै ७० बर्ष माथीको ८ सय १४ परिवारको नेपाल सरकारले निःशुल्क विमा गरेको छ ।

 

 

५४ जना पूर्ण अपांगता भएका नागरिकहरूको पनि निःशुल्क विमा गरेको छ । ३ परिवारको महिला स्वयमसेवीकाहरूको ५० प्रतिशत सरकारले व्यहोर्ने गरी विमा गरेको छ । ४ सय १ परिवारको भने विमा शुल्क आफैले तिरेर विमा भएको छ ।रोशीका नागरिकलाई कसरी स्थानीय सरकारको महशुस गराउने भन्ने बिषयमा छलफल गरेर निःशुल्क विमा गर्ने निर्णयका साथ अगाडी बढेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए ।

 

‘रोशीका नागरिकलाई स्थानीय सरकार पनि छ है भन्ने महशुस कसरी गराउने भन्ने बिषयमा प्रमुख प्रशासकीय अधिकृतसहितको छलफलमा ६० बर्ष माथीका र ७० बर्ष मुनीका नागरिकको परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्दा हुन्छ भनेपछि हाम्रो कार्यकालको पहिलो निर्णय गरेका हौँ ।’ गाउँपालिका अध्यक्ष दिनेश लामाले भने, ‘नागरिकहरूले सेवा पाएर खुसी भएको सुन्दा आनन्द आउँछ ।

 

हामीले त्यतिखेर राम्रै निर्णय गरेछौँ भन्ने लाग्छ ।’तत्कालिन समयमा जेष्ठ नागरिकको तथ्यांक अनुसार एक करोड अनुमानित गरेकोमा आर्थिक बर्ष २०७९÷८० मा ८० लाख बजेट छुट्याएकोमा ६२ लाख ५४ हजार एक सय खर्च गर्न सफल भएको लामाले बताए । रोशीका नागरिकले पैसाको अभावमा स्वास्थ्य उपचारबाट बन्चीत नहोस भन्ने हेतुले पनि यस्तो कार्यको शुरुवात गरेको उनले बताए ।

 

सामाजिक न्यायको क्षेत्रमा नेपाल सरकारले ७० बर्ष माथीका नागरिकको निःशुल्क स्वास्थ्य विमा गरेकोमा ६० बर्ष माथीको निःशुल्क स्वास्थ्य विमा गाउँपालिकाले गरेको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताए । जतिसक्दो रोशीको जनताले गुनासो नगर्ने गरी काम गर्न कर्मचारीहरूलाई उपाध्यक्ष वाईबाले निर्देशन दिए ।

 

स्वास्थ्य विमाको क्षेत्रमा रोशी गाउँपालिकाले नमूना काम गरेको स्वास्थ्य विमा बोर्ड काभ्रे संयोजक मुना निरौलाले बताईन । रोशीबाट अन्य स्थानीय तहले पनि सिक्नुपर्ने उनले बताईन् ।

 

2185
Shares

ट्रेन्डिङ