सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बचतकर्ताको ४ करोड रुपैयाँभन्दा बढी हिनामिना गर्ने काभ्रेका चौलागाई पक्राउ

बचतकर्ताको ४ करोड रुपैयाँभन्दा बढी हिनामिना गर्ने काभ्रेका चौलागाई पक्राउ

1610
Shares
बचतकर्ताको ४ करोड रुपैयाँभन्दा बढी हिनामिना गर्ने काभ्रेका चौलागाई पक्राउ

काठमाडौं । देउराली बहुउद्देश्यी सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिनाको आरोपमा पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार चौलागाईंले निक्षेपकर्ताहरूको पैसा हिनामिना गरेका हुन् । ३९ वर्षीय चौलागाईं काभ्रेपलान्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् ।

बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्दै त कहिले जग्गा दिने प्रलोभन देखाउँदै आएको देउराली सहकारीबारे सीआईबीले अनुसन्धान गरेको हो। बचतकर्ताले आफूहरुले जम्मा गरेको रकम नदिएपछि प्रहरीमा उनीविरुद्ध उजुरी दिएका थिए । सञ्चालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत उठाएर नदिएको बचतकर्ताको आरोप छ।

सहकारीले कारोबार बन्द गरेपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । त्यसपछि सहकारीलाई कर्जा सूचना केन्द्रले पनि कालो सूचीमा राखेको थियो ।

1610
Shares

ट्रेन्डिङ