सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

बस दुर्घटना, तीन जना घाइते

1425
Shares
बस दुर्घटना, तीन जना घाइते

धनगढी । कैलालीको अत्तरियामा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

धनगढीबाट डडेल्धुराका लागि छुटेको बस आज अत्तरियामा दुर्घटना भएको हो। धनगढीबाट जोगबुढाका लागि छुटेको शिवपुरी यातायातको ना ४ ख ९५५४ नम्बरको बस गोदावरीमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

जोगबुढाका हरिश भट्टराईले चलाएको बस अनियन्त्रित भएर सडकको नालीमा पल्टिएको थियो ।

दुर्घटनामा घाइते हुनेमा आलितालकी सपना ओली, जोगबुढाका धनसिंह बोहरा र जोगबुढाकै सपना बम रहेका छन्। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

1425
Shares

ट्रेन्डिङ