सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काठमाडौंमा प्रहरीले चलायो गोली, एकजना घाइते

काठमाडौंमा प्रहरीले चलायो गोली, एकजना घाइते

2445
Shares
काठमाडौंमा प्रहरीले चलायो गोली, एकजना घाइते

काठमाडौं, २५ असोज : लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौंमा गोली चलाएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको हो।

तीन वटा मोटरसाइकल चढेर लुटेरा समूह आएका थिए। प्रहरीले उनीहरूलाई पिछा गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार प्रहरीले लुटेरा समूहमाथि दुई राउण्ड गोली प्रहार गरेको हो।

‘लुटेराहरू लुट्न आउँदैछ भन्ने सूचना पाएका थियौं। सोअनुसार प्रहरी टोली पुगेको थियो,’ उनले भने, ‘प्रहरीलाई देखेर उनीहरूले पेस्तोल ताकेपछि हामीले उनीहरूलाई नियन्त्रणमा लिन दुई राउण्ड गोली चलाएका हौं।’

प्रहरीले लुटेरा समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय अमर घलान घाइते छन्। उनको दाहिने खुट्टाको तीघ्रा र घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ। उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ।

सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा र सर्लाही घर भएका ३६ वर्षका सन्त लामा प्रहरीको नियन्त्रणमै छन्। उनीहरूबाट एउटा पेस्तोल, सात राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको छ। उनीहरूले के लुट्न लागेका थिए भन्ने प्रहरीले खुलाएको छैन। घटनामा संलग्न रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

2445
Shares

ट्रेन्डिङ