सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु

छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु

3040
Shares
छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु

चितवन, १३ असार : चितवनको माडी नगरपालिका-६ स्याउलीबासमा छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु भएको छ ।

स्याउलीबास निवासी अन्दाजी ३६ बर्षका अर्जुन तामाङले खुर्पा प्रहार गर्दा आफ्नै आमा अन्दाजी ५५ बर्षकी मायादेवी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताए ।

अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । शवलाई मुचुल्का गरेर भरतपुर पठाउने तयारी गरिएको छ ।

3040
Shares

ट्रेन्डिङ